Sat. May 4th, 2024

धावक गोपीचन्द्र पार्कीलाई स्वर्ण पदक

काठमाडौं, २०७६ मंसिर २० गते शुक्रबार ।

धावक गोपीचन्द्र पार्कीले १३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत पुरुष पाँच हजार मिटर दौडमा स्वर्ण जित्नु भएको छ । यो नेपालले जितेको ३७ औं स्वर्ण हो । पाँच हजार मिटर दौडमै नेपालकै हरिकुमार रिमालले काँस्य पदक जित्नु भएको छ ।

गोरखापत्र अनलाईनका अनुसार गोपीले पाँच हजार मिटरको दुरी १४ मिनेट ५४.२० सेकेन्डमा पूरा गर्दै प्रथम स्थान हासिल गर्नुभयो । भारतका सुनिल दवारलाई करिब १ सेकेन्डले पछाडी पारेर गोपीले स्वर्ण पदक जित्नु भयो । नेपालका हरिकुमार रिमालले १४ मिनेट ५७.०५ सेकेन्डमा दौड पूरा गर्दै कास्य पदक जित्नु भयो ।

Facebook Comments