Sat. May 11th, 2024

भारतमा एकैदिनमा ३ लाख ५३ हजार संक्रमित, दुई हजार ८१२ को मृत्यु

काठमाडौं, २०७८ बैशाक १४ गते मंगलबार । तीव्र गतिमा कोरोना संक्रमण फैलिरहेको भारतमा पछिल्लो चौबीस घण्टामा दुई हजार ८१२ कोरोना संक्रमितको मृत्यु भएको छ । भारतमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या एक लाख ९५ हजार १२३ पुगेको छ । हरेकदिन भारतमा कोरोना संक्रमण संक्रमण र मृत्यु दर बढ्दै गएको छ ।

पछिल्लो २४ घण्टामा भारतमा ३ लाख ५२ हजार ९९१ जनामा कोरोना संक्रमण भएको तथ्यांक छ । विश्व स्वास्थ्य संगठनको तथ्यांक अनुसार भारतमा कोरोना संक्रमितको संख्या १ करोड ७३ लाख १३ हजार १६३ पुगेको तथ्यांक छ ।

कोरोना नियन्त्रणका लागि भारतले कोरोना अति प्रभावित क्षेत्रमा लकडाउन गरेको छ । तर पनि संक्रमण उच्च स्तरमा फैलिरहेको छ । कतिपय अस्पतालमा अक्सिजन नपाएर संक्रमितहरु छटपटाइरहेका दृश्यहरु भारतीय सञ्चारमाध्यमहरुले सार्वजनिक गरिरहेका छन् । विश्वमा सबैभन्दा धेरै कोरोना संक्रमण हुने देशको सूचीमा भारत अमेरिकापछि दोस्रो स्थानमा छ ।

Facebook Comments