Sat. May 4th, 2024

भारोत्तोलनमा सञ्जुलाई स्वर्ण, रचियो इतिहास

काठमाडौं, २०७६ मंसिर १९ गते बिहीबार ।

नेपालकी सञ्जु चौधरीले १३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत भारोत्तोलनमा स्वर्ण पदक जित्दै इतिहास रच्नु भएको छ । भारोत्तलनमा नेपाली महिलाले जितेको यो पहिलो स्वर्ण हो भने भारोत्तलनमै २००६ पछि पहिलो । अनलाईन खवरका अनुसार महिला ५९ केजी तौल समूहमा सञ्जुले श्रीलंकाका खेलाडीलाई पछि पार्दै स्वर्ण जित्न सफल हुनु भएको हो ।

पोखरा १२, माटेपानीस्थित एसआर केसी बैंक्युटमा बिहीबारदेखि सुरु प्रतियोगितामा सञ्जुले स्न्याचमा ७४ र क्लिन एण्ड जर्कमा ९७ सहित १७१ केजी भार बहन गर्दै राष्ट्रिय कीर्तिमान ९स्न्याच, क्लीन एण्ड जर्क तथा टोललतर्फ० पनि बनाउनु भयो । श्रीलंकन खेलाडी आरएमएनएस राजापाक्षाले स्न्याचतर्फ ७० र क्लीन एण्ड जर्कमा ९१ गरी १६१ केजीका साथ रजत र बंगलादेशकी फायमा अख्तरले स्न्याचमा ७० र क्लीन एण्ड जर्कमा १६० केजी भार बहन गर्दै कास्य जित्नु भयो । चार देशले भाग लिएकोे विधामा पाकिस्तान खेलाडी चौथो भएका छन् ।

Facebook Comments