Sun. May 19th, 2024

वैशाख १६ गतेदेखि उपत्यकाका तीनै जिल्लामा एक साता निषेधाज्ञा

- कोरोनाको संक्रमण नियन्त्रण गर्न सकस

प्रतिकूल मौसमका कारण मुलुकको हवाई उडान प्रभावित भएको छ ।

काठमाडौं, २०७८ बैशाक १३ गते सोमबार । काठमाडौं उपत्यकामा बैशाख १६ गतेदेखि २२ गतेसम्म सार्वजनिक यातायत सञ्चालनमा रोक लगाइएको छ । उपत्यकाका तीन जिल्लाका प्रमुख जिल्लाअधिकारीहरुको आजको संयुक्त बैठकले सो निर्णय गरेको हो । काठमाडाै जिल्ला प्रशासन कार्यालयले सूचना जारी गरी बैशाख १६ गते विहान ६ बजे देखि बैशाख २२ गते राती १२ बजेसम्म अत्यावश्यक सेवा बाहेकका सार्वजनिक तथा निजी यातायात सञ्चालनमा राेक लगाइएको छ ।

कोरोना संक्रमण तीव्र रुपमा फैलिएपछि सोमबार भएको तीनै जिल्लाका प्रजिअको बैठकले निषेधाज्ञा जारी गर्ने निर्णय गरेको हो ।

साथै खाद्यसँग सम्बन्धित पसलहरू विहान १० बजेसम्म र बेलुका ५ बजेदेखि ७ बजेसम्म खुला गर्न सकिने व्यबस्था गरिएकाे छ । साथै काठमाडाैं उपत्यका प्रवेश गर्न चाहने व्यक्तिले अनिवार्य रूपमा स्थानीय तहले ताेकेकाे क्वारेन्टाइन र हाेम आईसोलेसनमा बस्नु पर्ने व्यबस्था गरिएकाे छ ।

Facebook Comments