Thu. May 9th, 2024

हार्वर्ड विश्वविद्यालयको प्रतिवेदनमा सरकारप्रति चिनियाँ जनताको सुन्तुष्टि दर ९३ प्रतिशत

काठमाडौं, २०७८ बैशाक १३ गते सोमबार । गत वर्षको जुलाई महिनामा हार्वर्ड विश्वविद्यालयअन्तर्गत क्यानेडी स्कुलको अश प्रजातान्त्रिक शासन तथा नवप्रवर्तन केन्द्रले “चिनियाँ कम्युनिष्ट पार्टीको कठोरता: चीनको जनमत दीर्घकालीन जाँचबुझ” शीर्षकमा एक प्रतिवेदन सार्वजनिक गरेको थियो। उक्त प्रतिवेदनअनुसार, सन् २०१६ मा केन्द्रीय सरकारप्रति चिनियाँ सर्वसाधारणको सुन्तुष्टि दर ९३.१ प्रतिशत पुगेको थियो।

क्यानेडी स्कुलका तीन जना विशेषज्ञले सन् २००३ देखि २०१६सम्म चीनमा आठ पटक जाँचबुझ गरेका थिए। सो अवधिमा उनीहरुले चीनका शहर तथा ग्रामीण क्षेत्रका करीब ३० हजार जना सर्वसाधारणसँग कुराकानी गरी उक्ति प्रतिवेदन लेखेका थिए। उक्त प्रतिवेदनमा, सन् २००३ देखि सरकारप्रति चिनियाँ सर्वसाधारणको सुन्तुष्ट दर चौतर्फी रुपमा उकासिएको उल्लेख छ।

गत वर्षको जुलाई १३ तारिख चीनको परराष्ट्र मन्त्रालयका प्रवक्ता ह्वा छुन यिङले उक्त प्रतिवेदनबारे चर्चा गर्दै चिनियाँ कम्युनिष्ट पार्टीको सत्तारुढ जग स्थिर भएको, कठोरताको मूल चिनियाँ सर्वसाधारणको समर्थनबाट आएको बताउनुभयो। ह्वाका अनुसार, चिनियाँ कम्युनिष्ट पार्टीलाई १ अर्ब ४० करोड चिनियाँ जनताको समर्थन मिलेको छ र चिनियाँ कम्युनिष्ट पार्टी तथा चिनियाँ जनताको साझा सपना के हो भने चिनियाँ राष्ट्रको पुनरुत्थान साकार बनाउनु हो। यो सपना साकार हुनसक्ने विश्वास चीनले लिएका छ। सीआरआई

Facebook Comments