Fri. May 10th, 2024

मास्क नलगाए १०० रुपैयाँ जरिवाना, १ महिना कैद

काठमाडौं, २०७८ बैशाक १२ गते आईतबार । कोरोना सङ्क्रमणबाट बच्न, रोकथाम तथा नियन्त्रणका लागि सप्तरी प्रशासनले ‘मास्क खोइ ?’ अभियान शुरु गरेको छ ।

जिल्ला प्रशासन कार्यालय सप्तरी, जिल्ला प्रहरी कार्यालय सप्तरी, जिल्ला ट्राफिक प्रहरी कार्यालय र सशस्त्र प्रहरी बलले संयुक्त रुपमा वैशाख १३ अर्थात् भोलि सोमबारबाट मस्क नलगाई हिँड्नेलाई १०० रुपैयाँ जरिवाना वा एक महिना कैद गर्न सक्ने सप्तरीका प्रमुख जिल्ला अधिकारी फणीन्द्र पौडेलले जानकारी दिनुभयो ।

मास्क नलगाई हिँडे सङ्क्रामक रोग ऐन २०२० अनुसार कारबाही गरिने भनी सचेत गराइएको समेत प्रमुख जिल्ला अधिकारी पौडेलले जानकारी दिनुभयो ।

Facebook Comments