Sat. Apr 20th, 2024

वरिष्ठ लेखक श्रेष्ठको “नेपाल-जापान बौद्ध सम्बन्ध” पुस्तक लोकापर्ण

काठमाडौं, २०७८ बैशाक ११ गते शनिबार । वरिष्ठ लेखक तथा कुटनीतिज्ञ हिरण्यलाल श्रेष्ठद्वारा लिखित “नेपाल जापान बौद्ध सम्बन्ध” नामक पुस्तक लोकापर्ण भएको छ । वरिष्ठ संस्कृतिविद् तथा सताब्दि पुरुष सत्यमोहन जोशीले आज शनिवार एक समारोहबीच सो पुस्तक लोकापर्ण गर्नुभएको हो ।

लोक साहित्य सदन ललितपुरले जोशी निवास ललितपुरमा सो कार्यक्रमको आयोजना गरेको हो । वरिष्ठ लेखक हिरण्यलाल श्रेष्ठको सो पुस्तक नेपाल जापान कल्चरल एक्सचेन्ज एशोसिएशनले सो पुस्तक प्रकाशन गरेको हो ।

श्रेष्ठले आजसम्म नेपाली भाषामा २५ वटा, अंग्रेजी भाषामा ८ वटा र नेपाल भाषामा ५ वटा विभिन्न विषयका पुस्तकहरु लेखिसक्नु भएको छ ।

Facebook Comments