Wed. May 8th, 2024

संविधान सभा सदस्य मोहम्मदी सिद्विकीको कोरोना संक्रमणबाट निधन

काठमाडौं, २०७८ बैशाक ११ गते शनिबार । संविधान सभा सदस्य तथा महिला आधिकारकर्मि मोहम्मदी सिद्दिकीको कोरोना उपचारको क्रममा निधन भएको छ ।

नेपालगञ्ज उपमहानगरपालिका वडा नं. ३ निवासी ६५ वर्षीया सिद्विकीको केहिदिनदेखि भेरी अस्पतालको भेण्टिलेटरमा उपचार भईरहेको अवस्थामा आज (शनिबार) साँझ निधन भएको हो ।

गत चैत्र २८ गते कोरोना पुष्टि भएपछि सिद्विकी भेरी अस्पतालमा भर्ना हुनुभएको थियो । उहाँको उपचारकै क्रममा साँझ ७:३० बजे निधन भएको भेरी अस्पतालले जनाएको छ । अस्पतालले उपचारका क्रममा उहाँलाई बचाउन सबै उपाय अपनाएपनि बचाउन नसकिएको पनि जनाएको छ ।

संबिधान सभा सदस्य सिद्विकी फातिमा फाउण्डेसन नेपाल नामक संस्थाबाट मुस्लिम समूदायमा धेरै सामाजिक काम गर्दै आउनुभएको थियो ।

Facebook Comments