Thu. Apr 25th, 2024

सगरमाथा आरोहणका लागि हालसम्मकै धेरै अनुमति

काठमाडौं, २०७८ बैशाक ११ गते शनिबार । पर्यटन विभागले विश्वकै सर्वोच्च शिखर सगरमाथामा यस वर्षको वसन्त ऋतुमा हुन लागेको आरोहणमा हालसम्मकै धेरै अनुमति जारी गरेको छ ।

कोभिड-१९ को दोस्रो लहरले छिमेकी मुलुकलगायत विश्वभर असर पारिरहेका बेला विभागले शुक्रबारसम्म सलामी दस्तुर लिइ सगरमाथा हिमाल आरोहणका लागि ३ सय ९४ जनालाई आरोहण अनुमति पत्र जारी गरेको तथ्यांक सार्वजनिक गरेको छ । यसमा ३ सय ७५ जना विदेशी छन् भने १९ जना नेपाली छन् । जो मौसम अनुक”ल भएपछि मध्य वैशाखपछि सुरु भइ जेठ पहिलो सातासम्म हुने शिखर आरोहणका लागि प्रयास गर्ने छन् ।

‘सबैभन्दा धेरै सन् २०१९ मा ३ सय ८१ थियो,’ विभागकी निर्देशक मिरा आचार्यले भन्नुभयो, ‘शुक्रबारसम्म सगरमाथाका लागि ३ सय ९४ जनालाई आरोहण अनुमति जारी गरिएको छ ।’ उहाँका अनुसार यस वर्षको वसन्तकालीन हिमाल आरोहण अनुमति दिने कार्य जारी नै छ । ‘सगरमाथाका लागि यो आरोहण अनुमतिको अंक हालसम्मकै उच्च मानिएको छ,’ उहाँले भन्नस, ‘अनुमति दिने कार्य रोकिएको छैन । तर, सगरमाथाका लागि आरोहण दल व्यवस्थापन गर्ने कम्पनीहरुको इन्क्वाइरीमा अब कमी आउँदै गएको छ ।’

विभागले शुक्रबारसम्म नेपाली र विदेशीबाट संकलन गरिएको सलामी दस्तुर ४७ करोड ७७ लाख पुगेको जनाएको छ । विभागले वसन्त ऋतुमा हुने सगरमाथा आरोहणमा नेपाली आरोहीबाट प्रति व्यक्ति ७५ हजार रुपैयाँ र विदेशी नागरिकबाट प्रति व्यक्ति ११ हजार डलर (१३ लाख १८ हजार हाराहारी) सलामी दस्तुर संकलन गरेको हो ।

विभागले शुक्रबारसम्म सगरमाथासहित १६ वटा हिमालका लागि ७९ आरोहण दललाई अनुमति दिइसकेको छ । जसमा १ सय ५२ महिलासहित ६ सय ८९ जना छन् । यी सबैबाट विभागले ५२ करोड ५५ लाख सलामी दस्तुर संकलन गरिसकेको छ । कान्तिपुर

Facebook Comments