Sun. May 19th, 2024

जलवायु शिखर सम्मेलनमा चीनका राष्ट्राध्यक्ष सी चिनफिङद्वारा सम्बोधन

काठमाडौं, २०७८ बैशाक ९ गते बिहीबार । चीनका राष्ट्राध्यक्ष सी चिन फिङले अप्रिल २२ तारिख पैचिङमा भिडियोमार्फत जलवायु शिखर सम्मेलनलाई सम्बोधन गर्नुभएको छ। राष्ट्राध्यक्ष सीले विश्वको वातावरणीय प्रशासनमा अभूतपूर्व कठिनाइको सामु अन्तर्राष्ट्रिय समाजले अभूतपूर्व महत्वाकांक्षा र कारवाहीमार्फत मानव र प्रकृतिको भाग्य समुदायको सिर्जना संयुक्त रुपमा गर्नुपर्ने कुरामा जोड दिनुभयो।

सो अवसरमा उहाँले भन्नुभयोः ‘प्रकृतिले नै मानवजातिलाई हुर्काएको छ र मानवजातिले प्रकृतिलाई जग मानेर प्रकृतिको नियमको पालना गर्दै त्यसको संरक्षण गर्नुपर्छ। हामीले आँखाको हेरचाह गरे जस्तै प्रकृति तथा पर्यावरणीय वातावरणको संरक्षण गर्नुपर्छ र मानव तथा प्रकृति बीचको मेलमिलापयुक्त सह-अस्तित्व अवस्थालाई अघि बढाउनुपर्छ।’

उहाँले पर्यावरणीय वातावरणको संरक्षण उत्पादक शक्तिको संरक्षण रहेको भन्दै पर्यावरणीय वातावरणको सुधार उत्पादक शक्तिको विकास रहेको औँल्याउनुभयो। उहाँले पर्यावरणीय वातावरणलाई सबैले संरक्षण गर्नुपर्ने र विनास गर्ने विकास ढाँचा त्याग्नुपर्ने बताउँदै राम्रो पर्यावरणीय वातावरणलाई विश्वको आर्थिक तथा समाजिक विकासको टेवा बनाउनुपर्ने कुरामा जोड दिनुभयो। पर्यावरणीय वातावरणको संरक्षणका क्रममा टाउको दुखेमा टाउकाको मात्र उपचार गर्ने र खुट्टा दुखेमा खुट्टाको मात्रै उपचार गर्ने होइन समग्र शरीरको उपचार गर्ने कुरा बताउनु भएको छ।

सम्बोधनका क्रममा उहाँले भन्नुभयो, ‘पर्यावरणीय वातावरण विभिन्न मुलुकका जनताको हित-कल्याणसँग सम्बन्धित छ र हामीले सुखमय जीवन तथा राम्रो वातावरणप्रति विभिन्न मुलुकका जनताको अपेक्षा, सन्तानप्रति जिम्मेवारी पूरा गर्नुपर्छ। वातावरणीय संरक्षण तथा आर्थिक विकास, रोजगारीको सिर्जना, गरिबी निवारणलाई मिलाएर बन्दोबस्त मिलाउनुपर्छ। हरित संक्रमण प्रक्रियामा समाजमा निष्पक्ष तथा न्यायलाई साकार तुल्याउँदै विभिन्न मुलुकका जनताको सुखमय अनुभवलाई अगाडि बढाउनुपर्छ।’

नेता सीले भन्नु भएको छः‘अन्तर्राष्ट्रिय कानुनको आधारमा हामीले न्याय र निष्पक्षतालाई मुख्य स्थानमा राखेर प्रभावकारी कार्वाही गर्दै संयुक्त राष्ट्र संघ केन्द्रित अन्तर्राष्ट्रिय प्रणालीको संरक्षण गर्नुपर्छ। एकले अर्काको निन्दा गर्नुको सट्टामा हातमा हात मिलाएर सहयोग गर्नुपर्छ। आफ्नो जिम्मेवारीलाई पन्छाउनुको आफ्नो सट्टा बचनको पालना गर्नुपर्छ।’

राष्ट्राध्यक्ष सीले विकसित मुलुकले अझै ठूलो महत्वाकांक्षा र जिम्मेवारी देखाउनुपर्ने, विकासोन्मुख मुलुकलाई जलवायु परिवर्तनको सामना गर्ने क्षमतालाई उकास्न सहयोग गर्नुपर्ने, विकासोन्मुख मुलुकलाई रकम, प्रविध, निर्माण क्षमताको समर्थन दिनुपर्ने, हरित व्यापारिक अवरोध राख्न नहुने भन्दै हरित विकास र कम कार्वनतर्फ बदल्न गति प्रदान गर्न मद्दत दिनुपर्ने कुरा औँल्याउनुभयो।

उहाँका अनुसार, मानव र प्रकृतिको भाग्य समुदायको निर्माणले मानव र प्रकृतिको मेलमिलाप तथा सहअस्तित्वको विकास गराउँछ। यसले नै हरित विकास, प्रणालीगत तहको मिश्रण तथा मानवलाई आधार बनाउनका लागि बहुपक्षीयता र साझा जित भएता पनि फरक जिम्मेवारी सिद्धान्तलाई वहन गर्नुपर्ने उहाँले बताउनुभयो।

अमेरिका बहुपक्षीय जलवायु प्रशासन प्रक्रियामा फर्किएकोमा राष्ट्राध्यक्ष सीले स्वागत गर्नु भएको छ। चीन र अमेरिकाले भर्खरै जलवायु संकटको सामनासम्बन्धी संयुक्त वक्तव्य प्रकाशित गरेका छन्। विश्व वातावरणको मिश्रणलाई अगाडि बढाउन चीनले अमेरिकालगायत अन्तर्राष्ट्रिय जगतसँग प्रयास गर्ने इच्छा राखेको छ।

राष्ट्राध्यक्ष सीले सम्बोधन गर्दै भन्नुभएको छ, ‘ पर्यावरणीय सभ्यता विचार तथा पर्यावरणीय सभ्यताको निर्माणलाई चीनले जनगणतन्त्र चीनको संविधानमा समावेश गर्नुका साथै चिनियाँ विशेषतायुक्त समाजवादी मूल बन्दोबस्तमा पनि राखेको छ। नयाँ विकास विचारको कार्यान्वयन गर्दै चीनले आर्थिक तथा सामाजिक विकासको चौतर्फी हरित संक्रमणमा पर्यावरणलाई प्राथमिकता दिने र हरित कम कार्बनडाइअक्साइट हुने विकास बाटोमा दृढताका साथ चीन अघि बढिरहेको छ।’

सो अवसरमा सीले गत वर्ष मैले चीनले सन् २०३० अघि अधिकतम् कार्बन डाइअक्साइड उत्सर्जन साकार तुल्याउने र सन् २०६० अघि कार्बन तटस्थता साकार तुल्याउने कुराको घोषणा गरेको स्मरण गर्नु भएको छ। यो चीनले मानव भाग्य समुदायको सिर्जना गर्ने दायित्वलाई अगाडि बढाउन र दिगो विकास साकार तुल्याउनका लागि गरेको महत्वपूर्ण तथा ठूलो रणनीतिक निर्णय रहेको उहाँले बताउनुभयो। चीनले अधिकतम् कार्बन डाइअक्साइड उत्सर्जनबाट कार्बन तटस्थतासम्म साकार तुल्याउन प्रतिबद्धता गर्ने समय विकसित मुलुकलाई चाहिने समयभन्दा कम भएको र चीनले सक्दो प्रयास गर्नुपर्ने कुरामा उहाँले जोड दिनुभयो।

चीनका राष्ट्राध्यक्ष सी चिनफिङले महत्वपूर्ण सम्बोधन गर्दै भन्नुभएको छ, ‘सन् २०३० सम्म कार्बनडाइअक्साइटको निष्काशनमा शिखर पुग्ने र कार्बनडाइअक्साइटको निष्काशन सून्य भन्ने विषयलाई चीनले पर्यावरणीय सभ्यताको निर्माणको समष्टिगत बन्दोबस्तमा समावेश गरेको छ र कार्बनडाइअक्साइटको निष्काशन शिखरमा पुग्ने कार्यक्रमको तर्जुमा गरिरहेको साथै चीनले व्यापक रूपमा कार्बनडाइअक्साइटको निष्काशन सून्य बनाउने कार्यक्रमलाई संचालन गरिरहेको छ।

शर्त भएको क्षेत्र वा मुख्य उद्योग वा मुख्य व्यवसायहरूले कार्बनडाइअक्साइटको निष्काशन शिखर पुग्नका लागि समर्थन दिने छन्। साथै चीनले कोइलाबाट विजुलीको उत्पादन गर्ने परियोजनाहरूको कडा नियन्त्रण गर्दै जानेछ।’ राष्ट्राध्यक्ष सीले औल्याउनुभयो, विश्व पर्यावरणीय सभ्यताको निर्माणमा सहभागी, योगदानकर्ता र निर्देशकको हैसियतमा चीनले दृढताका साथ बहुपक्षीयताको व्यवहार पालना गरेर निष्पक्ष तथा उचित, सहकार्य तथा साझा विजय हुने विश्व वातावरण व्यवस्था प्रणालीको निर्माणलाई अगाडि बढाएको छ।

उहाँले पर्यावरणीय सभ्यता क्षेत्रको सहयोगलाई “बेल्ट एण्ड रोड”को साझा निर्माणको महत्वपूर्ण विषय बनाएको बताउँदै शृङ्खलाबद्ध हरित प्रस्ताव प्रस्तुत गरेको कुरामा जोड दिनुभयो। हरित आधारभूत प्रबन्धको निर्माण, हरित उर्जा स्रोत, हरित यातायात, हरित बैकिङआदि शृङ्खलाबद्ध कदमहरू चालेको, “बेल्ट एण्ड रोड”को साझा निर्माणमा सहभागी विभिन्न मुलुकका जनतालाई निरन्तर रुपमा लाभ दिएको कुरा पनि बताउनुभयो। सीआरआई

Facebook Comments