Sat. Apr 20th, 2024

समृद्धि प्राप्तिको राष्ट्रिय अभियान सफल पार्न सरकार लागिपरेको छ : प्रधानमन्त्री

काठमाडौं, २०७८ बैशाक ६ गते सोमबार । प्रधानमन्त्री केपी शर्मा ओलीले समृद्धि प्राप्तिको राष्ट्रिय अभियान सफल पार्न सरकार हर क्षेत्रबाट लागि परेको बताउनुभएको छ । देशको पुराना विद्यालयहरू मध्ये पर्ने ललितपुरको पाटन माध्यमिक विद्यालयको नवनिर्मित भवनको आज (सोमबार) उद्घाटन गर्नुहुँदै प्रधानमन्त्री ओलीले ९७ वर्षअघि अर्थात् देशमा प्रवेशिका परीक्षा बोर्ड बन्नुभन्दा अघि स्थापित विद्यालयले नयाँ भवन पाउँदा गुणस्तरीय शिक्षा दिन सकिने अर्को एक अवसर प्राप्त भएको समेत बताउनुभयो ।

विद्यालयको स्थापना १९८१ मा तत्कालीन प्रधानमन्त्री चन्द्र शमशेरले गर्नुभएको थियो । पाटन मावि देशमा धेरै पुस्ता, प्रणाली र शासनबीच पुलको काम गर्ने पनि प्रधानमन्त्री ओलीले बताउनुभयो  । विद्यालय स्थापना तत्कालीन श्री ३ चन्द्र शमशेरमा रहेको धेरै खालका काम गर्ने प्रवृत्तिको परिणाम समेत भएको धारणा पनि उहाँको थियो ।

प्रधानमन्त्रीले भवनका लागि ऋण सहयोग उपलब्ध गराएकोमा जापान सरकारलाई धन्यवाद ज्ञापन समेत गर्नुभएको थियो । उहाँले हामी समृद्धि प्राप्तिको लक्ष्य प्राप्तिका लागि हरेक क्षेत्रबाट प्रयासअघि बढाइरहेका छौँ भन्नुहुँदै त्यसको प्रमुख पक्ष मध्ये शिक्षा पनि एक भएको बताउनुभयो ।
करिब १८ करोडको लागतमा बनेको नयाँ विद्यालय भवनमा तीन वटा ब्लक अन्तर्गत २७ कक्षा कोठा र एउटा प्रयोगशाला समेत रहेका छन् । साथै, तत्कालीन प्रधानमन्त्री जुद्ध शमशेरको पालामा बनेको एक सभा हलको प्रबलीकरण समेत त्यसै अवसरमा गरिएको छ ।
२०७२ सालको भूकम्पपछि जापान सरकारले पुन निर्माणका लागि जिम्मा लिएको  कुल २ सय ७४ वटा विद्यालयमध्ये पाटन माविसहित २ सय १८ वटाको निर्माण पुरा गरिसकेको छ  । रेडियो नेपाल
Facebook Comments