Tue. Apr 21st, 2026

जिन्दगी

- कवि भवानी न्यौपाने "भावना"

       

काठमाडौं, २०७८ बैशाक ४ गते शनिबार । 

-कवि भवानी न्यौपाने भावना

उमेर पुगेपछि धागो जस्तै चुडिने तार हो जिन्दगी
आयु रहुन्जेल प्रेम अनि वात्सल्यको सार हो जिन्दगी ।।

जन्मिनेहरू असंख्य छन् यो धर्तीमा यत्रतत्र मानव
सेवा ,सत्कर्म गर्न नसके यो धर्तीको भार हो जिन्दगी ।।

आफ्नो पछाडि कति छन् शुभेच्छुकहरू सिंहावलोकन
मनन गर्नेहरूमा सुखद यात्राको पार हो जिन्दगी ।।

कामहरू प्रशस्त हुन्छन् यो छोटो जीवनको अध्यायमा
इमान ,नैतिकता र अनुशासनको धार हो जिन्दगी।।

जन्मेर केही न केही गर्नको लागि नै आइन्छ धर्तीमा
केही गर्न नसकेर बाँच्नु त आफैँमा हार हो जिन्दगी ।।

Facebook Comments