Sat. Apr 27th, 2024

कोरोना भाइरसका ७६८ जना सङ्क्रमित थपिए

काठमाडौं, २०७८ बैशाक ४ गते शनिबार । नेपालमा कोरोनाभाइरसका ७६८ जना सङ्क्रमित थपिएका छन् । पछिल्लो चौबीस घण्टामा ५ हजार ३३३ जनाको आरटीपीसीआर परीक्षण गरिएकोमा ७६८ जना कोभिडबाट सङ्क्रमित भएको पहिचान गरिएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड-१९ सम्बन्धी दैनिक बिवरण अद्यावधिक गर्दै पछिल्लो चौबीस घण्टामा थपिएका सङ्क्रमितसँगै नेपालमा कोरोनाका कुल सङ्क्रमितको संख्या २ लाख ८३ हजार ६५८ पुगेको जनाएको छ । पछिल्लो चौबीस घण्टामा २२६ जना सङ्क्रमित निको भएर फर्केका छन् । हालसम्म २ लाख ७५ हजार ३८ जना सङ्क्रमित निको भएका छन् ।

मन्त्रालयका अनुसार नेपालमा हाल ५ हजार ५४५ जनामा भाइरसको सङ्क्रमण सक्रिय छ । ७४ जना हाल क्वारेन्टिनमा छन् । मन्त्रालयले एन्टीजेन विधिबाट गरिएको परीक्षणमा ७५ जनामा पोजिटिभ परिणाम पाइएको उल्लेख गरेको छ । ६७१ जनाको एन्टीजेन परीक्षण गरिएको थियो । मन्त्रालयका अनुसार पछिल्लो चौबीस घण्टामा पाँच जना सङ्क्रमितको मृत्युको पुष्टि भएको छ ।

Facebook Comments