Wed. May 1st, 2024

सार्वभौमसत्ता, राष्ट्रियता र स्वाधिनतामा गम्भीर असर पुग्ने समाचारलाई प्रेस काउन्सिलले गम्भिर ढंगले लिन्छ-कार्यवाहक अध्यक्ष बुढाथोकी

गोपाल बुढाथोकी

काठमाडौं, २०७८ बैशाक ४ गते शनिबार । नेपाल प्रेस काउन्सिलका कार्यवाहक अध्यक्ष गोपाल बुढाथोकीले जनमानसमा भ्रम पार्ने, सार्वभौमसत्ता, राष्ट्रियता र स्वाधिनता विपरित, सामाजिक सद्भावमा खलल पुग्ने, अन्तर्राष्ट्रिय सम्बन्ध एवम् भाइचाराको सम्बन्धमा गम्भीर असर पुग्ने समाचारलाई प्रेस काउन्सिलले गम्भिर ढंगले लिने बताउनु भएको छ ।

भ्वाईस अफ काठमाडौंसँग कुराकानी गर्नुहुँदै अध्यक्ष बुढाथोकीले विभिन्न अनलाईन सञ्चारमाध्यमहरुबाट “रअ र प्रधानमन्त्री केपी शर्मा ओलीबीच भएको सहमती” शीर्षकमा भ्रामक, प्रमाणका हिसावले पुष्टि हुन नसक्ने, जनमानसमा भ्रम पार्ने, सार्वभौमसत्ता, राष्ट्रियता र स्वाधिनता विपरित, सामाजिक सद्भावमा खलल पुग्ने, अन्तर्राष्ट्रिय सम्बन्ध एवम् भाइचाराको सम्बन्धमा गम्भीर असर पुग्ने समाचार प्रकाशित भएकोले पत्रकार आचारसंहिता,२०७३ (पहिलो संशोधन, २०७६) को दफा ४(२), ४(६) र ५(१) उल्लङ्घन भएको ठहर गर्दै उज्यालो नेटवर्क, सुदर्शन खवर, पर्दाफास, समाचार दैनिक, नेपाली गाथा, प्ला खवर र कान्तिपथ अनलाईनलाई २४ घण्टा भित्र कार्यालयमा स्पष्टीकरण पेश गर्न निर्देशन गरिएको बताउनु भयो ।

Facebook Comments