Mon. Apr 29th, 2024

एमालेको खनाल-नेपाल पक्षद्वारा मोरङ र विराटनगरमा समानान्तर कमिटी गठन

फोटो: कान्तिपुर

काठमाडौं, २०७७ चैत २८ गते शनिबार  नेकपा एमालेको झलनाथ खनाल-माधवकुमार नेपाल पक्षले शुक्रबार मोरङ जिल्ला र विराटनगर महानगरमा समानान्तर कमिटी गठन गरेको छ । चन्द्रवीर राईको अध्यक्षतामा ३ सय २५ सदस्यीय जिल्ला कमिटी र पारुल क्षेत्रीको अध्यक्षतामा १ सय ७५ सदस्यीय विराटनगर महानगर कमिटी गठन गरेको हो ।

जिल्ला कमिटीको उपाध्यक्षमा डा. उद्धव पोखरेल, अर्का उपाध्यक्षमा चण्डी राई, सचिवमा राजन केसी र सहसचिवमा वासिम आलम र कोषाध्यक्षमा विश्वनाथ राय चयन हुनुभएको छ । बाँकी ३ सय १७ जना सदस्य चयन गरिएको अध्यक्ष राईले बताउनु भयो ।

यस्तै, महानगर कमिटीको उपाध्यक्षमा खेम तिम्सिना, सचिवमा मिरा दाहाल र सहसचिवमा योगेशराज भण्डारी चयन हुनुभएको अध्यक्ष क्षेत्रीले बताउनु भयो ।। उहाँले बाँकी १ सय ७१ सदस्य रहेको र त्यसमध्ये पछि अन्य पदाधिकारी चयन गरिने बताउनु भयो ।

जिल्ला र महानगर कमिटीलाई माधवकुमार नेपालले पद तथा गोपनीयताको सपथ गराउनु भएको थियो । कान्तिपुर

Facebook Comments