Tue. Apr 23rd, 2024

भारतको जलपाईगुडी केन्द्रविन्दु भएर ५.८ रेक्टरको भूकम्प

काठमाडौं, २०७७ चैत २३ गते सोमबार  भारतको पश्चिम बंगाल राज्यको जल्पाइगुडी जिल्लास्थित बिनागुडी केन्द्रविन्दु बनाएर भूकम्प गएको छ । सोमबार बेलुकी ९ वजेर ४ मिनेटमा गएको सो भूकम्पको धक्का पूर्वी नेपालको इलाम र झापादेखि जनकपुरसम्म महसुस भएको छ । भूकम्पको धक्का महसुस हुनासाथ धरान वजारका केही क्षेत्रका मानिसहरु घर बाहिर निस्किएको हाम्रा स्थानीय सहयोगीले जानकारी दिएका छन् ।

खानी तथा भूगर्भ विभागका महानिर्देशक रामप्रसाद घिमिरेका अनुसार ५.८ रेक्टर स्केलको सो भूकम्पको झट्का नेपालको पूर्वी भूभागमा समेत महसुस भएको थियो ।

भूकम्पबाट भएको क्षतिबारे अहिलेसम्म कुनै विवरण आएको छैन ।

Facebook Comments