Mon. May 6th, 2024

१ सय ५२ जना कोरोना सङ्क्रमित थपिए, ६५ जना सङ्क्रमणमुक्त

Ministry-of-Health

काठमाडौं, २०७७ चैत १९ गते बिहीबार आज देशभर १ सय ५२ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । ४ हजार २ सय १३ वटा नमुनाको परीक्षण गर्दा १ सय ५२ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । योसँगै नेपालमा हालसम्म कोरोना भाइरसबाट सङ्क्रमित हुनेको सङ्ख्या २ लाख ७७ हजार ४ सय ६१ पुगेको छ ।

यस्तै आज ६५ जना कोरोना सङ्क्रमणमुक्त भएका छन् । हालसम्म कोरोना सङ्क्रमणमुक्त हुनेको सङ्ख्या २ लाख ७२ हजार ८ सय ५१ पुगेको छ । हालसम्म कोरोना सङ्क्रमणमुक्त हुनेको सङ्ख्या ९८ दशमलव ३ प्रतिशत पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । कोरोना सङ्क्रमणका कारण आज थप १ जनाको मृत्यु भएको छ । योसँगै कोरोना सङ्क्रमणका कारण ज्यान गुमाउनेको सङ्ख्या ३ हजार ३१ पुगेको छ ।

Facebook Comments