Fri. May 3rd, 2024

हट्यो तुवाँलो, खुल्यो काठमाडौं उपत्यका

प्रतिकूल मौसमका कारण मुलुकको हवाई उडान प्रभावित भएको छ ।

काठमाडौं, २०७७ चैत १९ गते बिहीबार गत शुक्रबारदेखि विग्रिएको मौसम आज विहान सवेरैदेखि सफा देखिएको छ । काठमाडौं उपत्यकाको तल्लो तहदेखि आकाशसम्म तुवाँलो र धुँवाले ढाक्दा झण्डै एक हप्ता उपत्यकाको जनजीवन प्रभावित भएको थियो । मौसम प्रतिकूलताकै कारण दर्जनौ हवाई उडानहरु रोकिएका थिए । घर वा कार्यालय बाहिर निस्कन पनि असहज थियो ।

तर बुधबार साँझदेखि मध्यरातीसम्म परेको बर्षाको प्रभावले काठमाडौं उपत्यकामा अहिले तुवाँलो हटेर झलमल्ल घाम लागेको छ । एक हप्तासम्म चिसिएको काठमाडौंको तापक्रम आजदेखि बढ्ने पक्का भएको छ ।

Facebook Comments