Sat. Apr 27th, 2024

उपत्यकामा साँझदेखि बर्षात, बिहीबारदेखि मौसम सफाहुने सम्भावना बढ्यो

काठमाडौं, २०७७ चैत १८ गते बुधबार काठमाडौं उपत्यकामा बुधबार साँझदेखि वर्षात हुन थालेको छ । गएको शुक्रबारदेखि बाक्लो तुवाँलो र डढेलोको कारण प्रदुषित भएको काठमाडौं उपत्यकामा बुधबार बेलुकीदेखि पर्न थालेको पानीले राहत पुर्याएको छ । साँझ ६:४५ वजेदेखि सिमसिम पानी पर्न थालेकोले काठमाडौंमा चिसो महशुस भएको छ ।

वितेका ५ दिन तुवाँलो र धुलोको कारण काठमाडौंमा विहान बेलुकी बाहिर निस्कन स्वास्थ्यको समस्या भएको थियो । चिकित्सकहरुले पनि साँझ बिहान घरबाट बाहिर ननिस्कन सुझाव दिएका थिए । मौसम प्रदुषित भएपछि काठमाडौंका सडक र खुुल्ला स्थानमा जाँदा पनि आँखा पोल्ने, स्वासप्रस्वासमा समस्या हुने लक्ष्यण देखापरेको थियो ।

खराब मौसमकै कारण दर्जनौ आन्तरिक तथा बाह्य उडान रद्द हुँदा हजारौं यात्रुहरु अलपत्र परेका थिए । यो समाचार तयार पार्दासम्म काठमाडौं उपत्यकामा वर्षात जारी रहेको छ । साँझको भन्दा ठूलो वर्षा भैरहेकोले बिहीबारदेखि मौसममा सुधार आउने अनुमान गरिएको छ । जल तथा मौसम विज्ञान विभागले यसबारे कुनै जानकारी दिएको छैन ।

Facebook Comments