Thu. May 2nd, 2024

सामाजिक सुरक्षा भत्ता साउन १ गतेदेखि बढ्छ-प्रधानमन्त्री ओली

काठमाडौं, २०७७ चैत १८ गते बुधबार 

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आउँदो २०७८ साल साउन १ गतेदेखि लागू हुने गरेर सामाजिक सुरक्षा भत्ता बढ्ने बताउनु भएको छ । मंगलबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै ओलीले सामाजिक सुरक्षा प्रबन्धका क्षेत्रमा थुप्रै काम गरेको दाबी पनि गर्नुभयो ।

ओलीले भन्नुभयो,‘सरकार बनाउने बित्तिकै पहिलो बजेटमा वृद्ध भत्ता किन बढाइएन, यो किन गरिएन, त्यो किन गरिएन भनेर धुम मच्चाइयो । गत बजेटमै बढायौं । सामाजिक सुरक्षाका प्रबन्धका क्षेत्रमा हामीले थुप्रो काम गर्‍यौं,’ ।  उहाँले अरु पनि सामाजिक सुरक्षाका कामहरु गर्दै जाने बताउनु भयो। “अब साउन १ गतेबाट लागू हुने गरी सामाजिक सुरक्षा भत्ता बढ्छ नै ।’ उहाँले भन्नुभयो ।

Facebook Comments