२०८३ भाद्र २८, आइतवार

कोरोनाको त्रासलाई समेत पन्छाउँदै उपत्यकामा होली पर्व मनाईयो

       

काठमाडौं, २०७७ चैत १५ गते आईतबार महामारीको रुपमा विश्वभरी फैलिरहेको कोरोना भाईरसको त्रासलाई समेत पन्छाउँदै काठमाडौं उपत्यका, पहाडी जिल्ला र हिमाली क्षेत्रमा रङ्गहरुको पर्व होली भव्य रुपमा मनाईएको छ ।

विभिन्न रङ्ग एक आपसमा लगाएर मनाउने यस पर्वमा कोरोना भाइरसको जोखिम रहेको बताउँदै सरकारले सामाजिक दुरी (भौतिक) अवलम्बन गर्दै भीडभाड गरेर नमनाउन सार्वजनिक सूचना प्रकाशित गरेको छ ।

तर सरकारी सूचनालाई बेवास्ता गर्दै उपत्यकासहित देशभर यस पर्व भिडभाडमा नै मनाइएको पाइएको छ । फागु पर्वको मुख्य केन्द्र राजधानीको बसन्तपुरमा अध्याधिक मात्रामा युवाको सम्लग्नतामा यो पर्व मनाइएको छ ।

सामाजिक दुरीको समेत पालना नगरी विभिन्न स्थानहरुमा होली पर्व मनाईएको छ । भोली (सोमबार) तराई मधेसमा भव्य रुपमा होली पर्व मनाउने तयारी भैरहेको छ ।

Facebook Comments