Fri. Apr 26th, 2024

कोरोनाको त्रासलाई समेत पन्छाउँदै उपत्यकामा होली पर्व मनाईयो

काठमाडौं, २०७७ चैत १५ गते आईतबार महामारीको रुपमा विश्वभरी फैलिरहेको कोरोना भाईरसको त्रासलाई समेत पन्छाउँदै काठमाडौं उपत्यका, पहाडी जिल्ला र हिमाली क्षेत्रमा रङ्गहरुको पर्व होली भव्य रुपमा मनाईएको छ ।

विभिन्न रङ्ग एक आपसमा लगाएर मनाउने यस पर्वमा कोरोना भाइरसको जोखिम रहेको बताउँदै सरकारले सामाजिक दुरी (भौतिक) अवलम्बन गर्दै भीडभाड गरेर नमनाउन सार्वजनिक सूचना प्रकाशित गरेको छ ।

तर सरकारी सूचनालाई बेवास्ता गर्दै उपत्यकासहित देशभर यस पर्व भिडभाडमा नै मनाइएको पाइएको छ । फागु पर्वको मुख्य केन्द्र राजधानीको बसन्तपुरमा अध्याधिक मात्रामा युवाको सम्लग्नतामा यो पर्व मनाइएको छ ।

सामाजिक दुरीको समेत पालना नगरी विभिन्न स्थानहरुमा होली पर्व मनाईएको छ । भोली (सोमबार) तराई मधेसमा भव्य रुपमा होली पर्व मनाउने तयारी भैरहेको छ ।

Facebook Comments