Tue. May 7th, 2024

नरेन्द्र मोदीको बंगलादेश भ्रमणमा चर्को विरोध, कम्तीमा पाँच प्रदर्शनकारीको मृत्यु

काठमाडौं, २०७७ चैत १५ गते आईतबार बंगलादेशमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको भ्रमणको विरोधमा हिंसात्मक विरोध प्रदर्शनहरू भएका छन्। बंगलादेशको ५० औँ स्वतन्त्रता दिवसको उपलक्ष्यमा आयोजित उत्सवमा सहभागी हुन दुई दिनका लागि मोदी शुक्रवार राजधानी ढाका पुग्नु भएको थियो । एउटा इस्लामिक धार्मिक सङ्गठनले शनिवार  विरोधप्रदर्शनको कार्यक्रम राखेको थियो भने आज (आइतवार) हडताल गर्ने घोषणा गरेको छ।

शुक्रवार भएको प्रदर्शनमा प्रहरीले कारबाही गर्दा चटगाउँमा चार जना र ब्राह्मनबारियामा एकसहित कम्तीमा पाँच जनाको मृत्यु भएको प्रहरी तथा स्थानीय स्रोतलाई उद्धृत गर्दै बीबीसी बंगलाले जनाएको छ।

 

Facebook Comments