Sun. May 5th, 2024

चीनको लक्ष्य अमेरिकालाई जित्ने नभई अझ राम्रो चीन बनाउने हो- चिनियाँ परराष्ट्र मन्त्रालय

काठमाडौं, २०७७ चैत १४ गते शनिबार चीनको परराष्ट्र मन्त्रालयले चीनको लक्ष्य अमेरिकालाई जित्न नभई अझ राम्रो चीन बनाउने उद्देश्यमा आधारित भएको बताएको छ । परराष्ट्र मन्त्रालयका प्रवक्ता ह्वा छुन यिङले चीनको लक्ष्य अमेरिकालाई जित्ने होइन तर अझ राम्रो चीन बनाउने हो भन्नु भएको छ ।

मार्च २६ तारिख पैचिंगमा आयोजित नियमित पत्रकार सम्मेलनमा प्रवक्ता ह्वा छुन यिङले उक्त कुरा बताउनुभएको हो। २५ तारिख अमेरिकी राष्ट्रपति बाइडेनले आफ्नो कार्यकालमा अमेरिकालाई जित्न चीनलाई नदिने भन्दै अमेरिकाले चीनसँग द्वन्द्व गर्न नखोज्ने तर अमेरिका र चीनबीच निकै कडा प्रतिस्पर्धा पक्कै हुने विचार व्यक्त गर्नुभएको थियो।

त्यसबारे पत्रकारले सोधेको प्रश्नको जवाफ दिँदै प्रवक्ता ह्वाले चीन-अमेरिका सम्बन्धमा चीनको स्पष्ट तथा स्थिर धारणा रहेको बताउँदै अमेरिकामाथि चीनको नीति पनि स्थिर रहेको बताउनुभयो। उहाँले अमेरिकालगायतका मुलुकले साझा हितको आधारमा नकारात्मक अन्तर्क्रिया र सहयोग गरी आफूलाई अझ राम्रो बनाएर विश्वलाई फाइदा पुर्‍याउनसक्ने आशा चीनले लिएको पनि उल्लेख गर्नुभयो। सिआरआई

Facebook Comments