२०८३ आश्विन २२, बिहीवार

नेपाली कांग्रेसका नेता नवीन्द्रराज जोशीको पशुपति आर्यघाटमा अन्तिम संस्कार

       

काठमाडौं, २०७७ चैत १४ गते शनिबार पूर्वमन्त्री तथा नेपाली कांग्रेसका नेता स्वर्गीय नवीन्द्रराज जोशीको पशुपति आर्यघाटमा दाहसंस्कार गरिएको छ । पशुपति आर्यघाटमा पूर्वप्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले जोशीलाई अन्तिम श्रद्धाञ्जली दिनुभएको थियो ।

यसअघि जोशीको पार्थिव शरीर पार्टी कार्यालय सानेपामा राखिएको थियो । नेपाली कांग्रेसका नेता, कार्यकर्ता, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल लगायत विभिन्न दलका नेता शुभचिन्तक तथा सर्वसाधारणले जोशीलाई सानेपामा श्रद्धाञ्जली दिनु भएको थियो ।

नेता जोशीको नर्भिक अस्पतालमा उपचारमा क्रममा शुक्रबार राति निधन भएको हो । गत फागुन १४ गते बिहान मस्तिष्कघात भएपछि उहाँलाई उपचारार्थ वीर अस्पताल हुँदै नर्भिक अस्पताललाई भर्ना गरिएको थियो ।

वि.सं. २०१९ साल असार ३ गते काठमाडौंमा जन्मनुभएका नेता जोशी २०७० सालमा काठमाडौं क्षेत्र नं ८ बाट संविधानसभा सदस्यमा निर्वाचित हुनुभएको थियो ।

तस्बिर: सुजन गुरूङ्ग, गोरखापत्र

Facebook Comments