Sun. May 19th, 2024

नेपाली कांग्रेसका नेता नवीन्द्रराज जोशीको पशुपति आर्यघाटमा अन्तिम संस्कार

काठमाडौं, २०७७ चैत १४ गते शनिबार पूर्वमन्त्री तथा नेपाली कांग्रेसका नेता स्वर्गीय नवीन्द्रराज जोशीको पशुपति आर्यघाटमा दाहसंस्कार गरिएको छ । पशुपति आर्यघाटमा पूर्वप्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले जोशीलाई अन्तिम श्रद्धाञ्जली दिनुभएको थियो ।

यसअघि जोशीको पार्थिव शरीर पार्टी कार्यालय सानेपामा राखिएको थियो । नेपाली कांग्रेसका नेता, कार्यकर्ता, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल लगायत विभिन्न दलका नेता शुभचिन्तक तथा सर्वसाधारणले जोशीलाई सानेपामा श्रद्धाञ्जली दिनु भएको थियो ।

नेता जोशीको नर्भिक अस्पतालमा उपचारमा क्रममा शुक्रबार राति निधन भएको हो । गत फागुन १४ गते बिहान मस्तिष्कघात भएपछि उहाँलाई उपचारार्थ वीर अस्पताल हुँदै नर्भिक अस्पताललाई भर्ना गरिएको थियो ।

वि.सं. २०१९ साल असार ३ गते काठमाडौंमा जन्मनुभएका नेता जोशी २०७० सालमा काठमाडौं क्षेत्र नं ८ बाट संविधानसभा सदस्यमा निर्वाचित हुनुभएको थियो ।

तस्बिर: सुजन गुरूङ्ग, गोरखापत्र

Facebook Comments