Fri. May 17th, 2024

चीनले झूटो र नक्कली सूचना फैलाउने बेलायती तथा बेलायती संस्थामाथि प्रतिबन्ध लगाउने

काठमाडौं, २०७७ चैत १३ गते शुक्रबार चीनले झूटो र नक्कली सूचना फैलाउने बेलायती तथा बेलायती संस्थामाथि प्रतिबन्ध लगाउने घोषणा गरेको छ । “बेलायतले झूटो आरोप र नक्कली सूचनाको आधारमा तथाकथित सिनच्याङ मानव अधिकारको निहुँ झिकेर सम्बन्धित चिनियाँ व्यक्ति र संस्थामाथि एकपक्षीय प्रतिबन्ध लगाएको छ। जसबाट अन्तर्राष्ट्रिय कानून तथा सम्बन्धको आधारभूत नियमको उल्लंघन र चिनियाँ आन्तरिक मामिलामाथि हस्तक्षेप हुनुका साथै चीन र बेलायतको सम्बन्धमाथि गम्भीर क्षति पूर्याइएको छ ।, चिनियाँ परराष्ट्र मन्त्रालयका जिम्मेवार व्यक्तिले चीनका लागि बेलायती राजदूतसँग वार्ता गर्दै यसको कडा विरोध र निन्दा गरेका छन्।

साथै उनले झूटो कुरा र नक्कली सूचना द्वेषपूर्ण रूपमा फैलाउने ९ जना बेलायती र ४ वटा बेलायती संस्थामाथि चीनले प्रतिबन्ध लगाउने निर्णय गरेको पनि जानकारी दिएका छन्। त्यसमध्ये टोम टुगेन्डहट, लैन डुकान स्मिथ, निल औ ब्रेयन, डेभिड एल्टोन, टिम लाउथोन, नूस्राट गानी, हेलेना केन्नेडी, ज्योफ्रे नाइस र जोन्नी निकोला स्मिथ फिन्लयलगायत ९ जना र चीन अनुसन्धान समूह, कन्जर्वेटिभ पार्टी मानवाधिकार आयोग, युगुर ट्रिब्यूनल र एसेक्स अदालत कक्षहरूलगायत चार संस्था छन्।

आज मार्च २६ देखि चीनको मुख्य भूमि, हङकङ, मकाउमा यी व्यक्तिहरूसहित यी व्यक्तिहरूसँग सम्बद्धित व्यक्ति र यिनीहरूका परिवारलाई प्रवेश निषेध गरिएको छ। चीनमा यिनीहरूको सम्पत्तिमा रोक लगाउनुका साथै चिनियाँ नागरिक तथा संस्थासँगको व्यापार पनि निषेध गरिएको छ। यसका साथै चीनले थप कदम चाल्ने अधिकार सुरक्षित राखेको छ।

सीआरआईका अनुसार चीनको राष्ट्रिय सार्वभौमिकता, सुरक्षा, र विकास हितको रक्षा गर्ने अठोट सुदृढ रहेको पनि ति अधिकारीले बताएका छन् । चीनले बेलायतलाई गलत बाटोमा अगाडि नजान चेतावनी दिएको छ। होइन भने चीनले अझ दृढ प्रतिक्रिया फर्काउने उनको भनाई छ।

Facebook Comments