Tue. Apr 16th, 2024

‘भागरथी हत्याका आरोपी दिनेशको डीएनए मिल्यो ’

काठमाडौं, २०७७ चैत १२ गते बिहीबार बलात्कारपछि हत्या गरिएकी बैतडी भागरथी भट्टको हत्याका आरोपी दिनेश भट्ट र भागरथीको भजाईनल स्वाबको ‘डीएनए’ मिलेको प्रहरीले जानकारी दिएको छ । राष्ट्रिय विधि विज्ञान प्रयोगशालामा परीक्षण गरिएको भागरथीको भजाईनल स्वाबको डीएनए र दिनेशको डीएनए मिलेको रिपोर्ट आईपुगेको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रमुख प्रहरी नायब उपरीक्षक नारायणप्रसाद अधिकारीले जानकारी दिनुभयो ।

अभियुक्त र मृतकको डीएनए रिपोर्ट मिलेपछि अनुसन्धान प्रक्रिया सहज तरिबकाले अघि बढ्ने उहाँले बताउनुभयो । प्रनाउ अधिकारीले भन्नुभयो, “ यो भन्दा थप प्रमाण र सत्य अरु केही पनि हुँदैन । प्रहरीको अनुसन्धान फितलो थिएन भन्ने कुरा डीएनए मिल्नुले पुष्टि गरेको छ ।”

अभियुक्त दिनेशका परिवारले बैतडीबाट महेन्द्रनगर पुगेर पत्रकार सम्मेलनमा दिनेश निर्दोष रहेको र हत्यामा गाउँपालिकाकै एक कर्मचारीको संलग्नता रहेको दाबी गरेका छन् । भागरथी हत्याको मुद्दा सम्मानित अदालतमा पुगेकोले यो विषयमा बोल्न नमिल्ने जिल्ला प्रहरी कार्यालय बैतडीका प्रमुख नारायणप्रसाद अधिकारीले बताउनुभयो ।

उहाँले भन्नुभयो,“डीएनए मिलेपछि अरु के सत्य प्रमाण चाहियो ? संसारका जुनसुकै यस्ता घटनाको यो भन्दा थप सत्य अरु केही हुनसक्दैन ।” बैतडीको दोगडाकेदार गाउँपालिका-७, चडेपानीकी १७ वर्षीया भागरथी भट्टको गत माघ २१ गते विद्यालयबाट घर फर्किदा लडालेक जङ्गलमा बलात्कारपछि हत्या भएको थियो ।

१३ दिन लामो अनुसन्धानपछि बलात्कार र हत्याको आरोपमा सोही गाउँका १६ वर्षीय दिनेश भट्ट पक्राउ परेका थिए । जिल्ला प्रहरी कार्यालय बैतडीले २१ दिन लामो अनुसन्धानपछि अभियुक्त दिनेश भट्टलाई जिल्ला अदालत बैतडीको आदेशमा पुर्पक्षका लागि बालसुधार गृह डोटीमा राखिएको छ । गोरखापत्र

Facebook Comments