Sat. Apr 27th, 2024

अमेरिकाको कोलोराडोमा बन्दुकधारीको आक्रमणमा परि १० जनाको मृत्यु

काठमाडौं, २०७७ चैत १० गते मंगलबार अमेरिकाको कोलोराडोस्थित बौल्डर सहरमा भएको अन्धाधुन्ध गोली प्रहारको घटनामा १० जनाको मृत्यु भएको छ । मृत्युहुनेमा एकजना प्रहरी अधिकारी पनि रहेका छन् ।

गोली प्रहारको घटनाबारे अनुसन्धान भइरहेको बौल्डर सहरका प्रहरी प्रमुख म्यारिस हेरोल्डले बताएका छन् । जथाभावी गोली प्रहार गर्दै हिँडेको एक व्यक्तिलाई प्रहरीले नियन्त्रणमा लिएको छ । गोली प्रहार गर्ने व्यक्तिलाई नियन्त्रणमा लिन खोज्दा प्रहरीको पनि मृत्यु भएको बताइएको छ ।

बौल्डर प्रहरीका एक उच्च अधिकारी केरी यामाकुशीले प्रहरीले बहादुरीपूर्वक घटना नियन्त्रणमा लिएको बताएका छन् । गोली प्रहारमा संलग्न व्यक्तिलाई घाइते अवस्थामा नियन्त्रणमा लिएर अस्पताल लगिएको छ । शरीरमा थोरै कपडा भएको उक्त व्यक्तिलाई प्रहरीले घाइते अवस्थामा हतकडी लगाएर अस्पताल लगेको प्रत्यक्षदर्शीले बताएका छन् । एजेन्सी

Facebook Comments