२०८३ आश्विन १९, सोमवार

अमेरिकाको कोलोराडोमा बन्दुकधारीको आक्रमणमा परि १० जनाको मृत्यु

       

काठमाडौं, २०७७ चैत १० गते मंगलबार अमेरिकाको कोलोराडोस्थित बौल्डर सहरमा भएको अन्धाधुन्ध गोली प्रहारको घटनामा १० जनाको मृत्यु भएको छ । मृत्युहुनेमा एकजना प्रहरी अधिकारी पनि रहेका छन् ।

गोली प्रहारको घटनाबारे अनुसन्धान भइरहेको बौल्डर सहरका प्रहरी प्रमुख म्यारिस हेरोल्डले बताएका छन् । जथाभावी गोली प्रहार गर्दै हिँडेको एक व्यक्तिलाई प्रहरीले नियन्त्रणमा लिएको छ । गोली प्रहार गर्ने व्यक्तिलाई नियन्त्रणमा लिन खोज्दा प्रहरीको पनि मृत्यु भएको बताइएको छ ।

बौल्डर प्रहरीका एक उच्च अधिकारी केरी यामाकुशीले प्रहरीले बहादुरीपूर्वक घटना नियन्त्रणमा लिएको बताएका छन् । गोली प्रहारमा संलग्न व्यक्तिलाई घाइते अवस्थामा नियन्त्रणमा लिएर अस्पताल लगिएको छ । शरीरमा थोरै कपडा भएको उक्त व्यक्तिलाई प्रहरीले घाइते अवस्थामा हतकडी लगाएर अस्पताल लगेको प्रत्यक्षदर्शीले बताएका छन् । एजेन्सी

Facebook Comments