Fri. May 17th, 2024

प्रतिनिधिसभा बैठक चैत्र १८ गतेसम्म स्थगित

काठमाडौं, २०७७ चैत १० गते मंगलबार कामै नपाएपछि प्रतिनिधिसभा बैठक ८ दिनका लागि स्थगित भएको छ । विधेयक अधिवेशनको रूपमा चिनिने हिउँदे अधिवेशनका लागि सरकारले बिजनेश दिन नसकेपछि सभामुख अग्नि सापकोटाले प्रतिनिधिसभा बैठक चैत्र १८ गते सम्मका लागि स्थगित गर्नुभएको हो ।

आजका लागि प्रतिवेदन टेबल गर्ने सामान्य कार्यसूची थिए । बैठकको शून्य समयमा सांसदहरूले बैठकलाई काम दिन सरकारको ध्यानाकर्षण गराएका थिए ।

फागुन २३ गते शुरू भएको प्रतिनिधि सभाको हिउँदे अधिवेशनको मंगलवारसम्म ५ वटा बैठक बसेका छन् । काग्रेस सांसद गगन थापाले सरकारले संसदलाई काम नदिएकोमा आपत्ति जनाउनुभयो । प्रधानमन्त्री केपी शर्मा ओलीले संसदसँग बदला लिन खोजेको सांसद थापाको आरोप छ ।

Facebook Comments