Thu. May 2nd, 2024

चिनियाँ नागरिकमाथि निषेधाज्ञा जारी गरेको विरोधमा यूरोपेली संघका सम्बद्ध संस्था र व्यक्तिमाथि चीनद्वारा निषेधाज्ञा

काठमाडौं, २०७७ चैत १० गते मंगलबार चीनको सार्वभौमसत्ता र हितलाई गम्भीर रूपमा क्षति पुर्याएको र दुष्ट उद्देश्य लिएर झूठो कुरा तथा नक्कली सूचना फैलावट गरेको भन्दै यूरोपेली संघका १० जना व्यक्ति र ४ वटा संस्थामाथि चीनले निषेधाज्ञा जारी गरेको छ। साथै चीनको मुख्य भूमि, हङकङ, मकाउमा समेत सम्बद्ध व्यक्ति र उनीहरूका परिवारको प्रवेश निषेध गरिएको छ । उनीहरू र उनीहरूसँग सम्बन्धित उद्यमहरू, संस्थाहरू र चीनबीचको आवातजावतलाई पनि सिमित पारिने चीनले बताएको छ । उक्त कुरा चीनको परराष्ट्र मन्त्रालयका प्रवक्ताले मार्च २२ तारिख सार्वजनिक गर्नुभएको हो।

प्राप्त समाचार अनुसार, सोही दिन झूठो र नक्कली सूचनाको आधारमा यूरोपेली संघले कथित सिन्च्याङ मानवअधिकार समस्याको नाउँमा सम्बद्ध चिनियाँ नागरिक तथा एकाइमाथि एकपक्षीय निषेधाज्ञा जारी गरेको सीआरआईले जनाएको छ। सीआरआईका अनुसार यूरोपेली संघले चीनको आन्तरिक मामिलामाथि क्रूर हस्तक्षेपका साथै अन्तर्राष्ट्रिय ऐन कानून तथा अन्तर्राष्ट्रिय सम्बन्धको आधारभूत मापदण्डको उल्लंघन गरी चीन-यूरोप सम्बन्धमाथि नै गम्भीर क्षति पुर्याएको छ। यसै सन्दर्भमा चीनले कडा विरोध तथा निन्दा व्यक्त गरेको छ।

चीनको निषेधाज्ञा सूचीमा सूचीकृतहरूमध्ये यूरोपेली संसद रिनहार्द बुथीकोफर, जर्मन विद्वान आत्रीन्न जेन्ज, स्विडेन विद्वान बीयोन जेर्देन र यूरोपेली संघ परिषद राजनैतिक तथा सुरक्षा समिति, यूरोपेली संसद मानवअधिकार समिति आदि छन्।

Facebook Comments