Fri. May 17th, 2024

मण्डेकाजीको दोस्रो स्वर्ण, तेह्रौं सागमा नेपालको स्वर्ण संख्या पाँच पुग्यो

काठमाडौं, २०७६ मंसिर १६ गते सोमबार ।

तेह्रौं दक्षिण एसियाली खेलकुद सागमा मण्डेकाजी श्रेष्ठले पुरुष टिम कातामा पनि स्वर्ण पदक जित्नु भएको छ । स्वर्ण पदकका लागि नेपाली पुरुष काताले श्रीलङ्कालाई पराजित गर्यो । मण्डेकाजीसँगै महसुस मानन्धर र प्रवीण महर्जनले स्वर्ण पदक प्राप्त गरि नेपालको इज्जत र प्रतिष्ठा अझ माथि उकास्नु भयो । नेपाली टोलीले २५।५४ अङ्कक ल्याउँदा श्रीलङ्काले २५।२८ अङ्क हात पार्यो । गोरखापत्र अनलाईनका अनुसार दक्षिण एसियाली खेलकुद सागमा दुई स्वर्ण जित्ने मण्डेकाजी पहिलो खेलाडी बन्नुभएको छ । पुरुष कातामा पाएको स्वर्णसँगै तेह्रौं सागमा नेपालको स्वर्णको संख्या पाँच पुगेको छ।

तेह्रौं दक्षिण एसियाली खेलकुदमा सिना मादेन लिम्बुले तेक्वान्दोतर्फ दोस्रो स्वर्ण दिलाउनु भएको छ । सिनाले ८।१५० अङ्क जोड्दै स्वर्ण पदक जित्नुभयो । भारतकी रुपा बयोरालाई उहाँले ८।१३० अङ्क जोडेर रजत पदक जित्नुभयो । श्रीलङ्काली मेन्डिस नामुन्नीले ७।९६० अङ्क जोडेर कास्य पदक जित्नुभयो । कराँतेमा मण्डेकाजी श्रेष्ठले कराँतेको एकल पुरुष विधामा स्वर्ण जितेर नेपाललाई तेह्रौं सागमा पहिलो स्वर्ण दिलाउनुभएको हो । सेमीफाइनलमा पाकिस्तानका नेमतुल्लाहलाई हराएर फाइनलमा पुग्नुभएका उहाँले स्वर्ण पदकको स्पर्धामा पनि पाकिस्तानी खेलाडीलाई पराजित गर्नुभएको छ । त्यसैगरी कमल श्रेष्ठले नेपाललाई अर्को स्वर्ण पदक दिलाउनुभएको छ ।

उहाँले भारतका राहुल जैनलाई पराजित गर्दै दोस्रो स्वर्ण दिलाउनुभयो । त्वेकान्दो पुम्से इभेन्ट्समा उहाँले ८।२७० अङ्क बटुल्दै स्वर्ण पदक जित्नुभयो । टिम कातामा नेपालले तेस्रो स्वर्ण हात पारेको छ । नेपालकी निर्मला तामाङ, सरु कार्की र संगिता मगरले टिम काँतामा स्वर्ण दिलाउनु भएको छ। नेपालले २४।८८ अंक प्राप्त गर्दा पाकिस्तान २३।३ अंकमा सिमित भयो ।त्यसैगरी, त्वेक्वान्दो विधामा कमल श्रेष्ठले नेपाललाई दोस्रो स्वर्ण पदक दिलाउनुभयो ।

साग गेम अन्तर्गतको ट्रायथोलनमा नेपालकी सोनी गुरुङले स्वर्ण पदक हात पार्नु भएको छ । भारत र श्रीलंकाका खेलाडीलाई पछि पार्दै सोनीले स्वर्ण पदक हात पार्नु भएको हो । नेपालले स्वर्ण पदक हात पार्दा रजत र कास्य पदक भने भारतले हात पारेको छ । नेपालले अहिलेसम्म चार स्वर्ण पदक आफ्नो पोल्टामा पारिसकेको छ ।

Facebook Comments