Fri. Sep 20th, 2024

कोरोनाको जोखिम बढेपछि भारतसँग जोडिएका १४ नाकामा निगरानी बढाईयो

काठमाडौं, २०७७ चैत ८ गते आईतबार सरकारले भारतसँग सीमा जोडिएका नाकामा निगरानी बढाएको छ । कोरोना भाइरसको जोखिम बढेपछि सीमा नाकाहरुमा निगरानी बढाईएको हो ।

नाकाहरुमा हेल्थ डेस्कको सङ्ख्या बढाएर आवश्यक कर्मचारी पनि खटाइसकेको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डाक्टर कृष्णप्रसाद पौडेलले जानकारी दिनुभयो ।

भारतको महाराष्ट्र, गुजरातलगायतका राज्यमा कोरोनाको सङ्क्रमण दर फेरि तीव्र गतिमा फैलिएकाले त्यहाँ कार्यरत केही नेपाली गाउँघर फर्किन थालेपछि सङ्क्रमण नेपालमा पनि भित्रिन सक्ने जोखिम बढेकाले घर फर्किनेहरूको नाकामा नै परीक्षण गर्ने तयारी गरिएको हो ।

गड्डाचौकी, गौरीफन्टा, बेलहिया, कृष्णनगर, जमुना नाकालगायतमा कडा निगरानीसहित एन्टिजेन परीक्षण नै गर्ने तयारी भएको महाशाखाले जनाएको छ ।

Facebook Comments