Thu. Sep 19th, 2024

जङ्गली हात्तीको आक्रमणबाट महिलाको मृत्यु

सांकेतिक तस्विर

काठमाडौं, २०७७ चैत ८ गते आईतबार जङ्गली हात्तीको आक्रमणबाट पश्चिम चितवनमा एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा भरतपुर महानगरपालिका-१३ उजेलीनगर घर भई सोही स्थानको गङ्गानगर भाइको घरमा जानुभएकी ५० वर्षीया तीलमाया भुजेल रहनु भएको छ ।

इलाका प्रहरी कार्यालय गीतानगरका अनुसार आज बिहान करिब ४ः०० बजेको समयमा जङ्गली हात्तीको आक्रमणबाट भुजेलको घटनास्थलमा नै मृत्यु भएको हो । यस्तै हात्तीले सोही स्थानमा तीनवटा घर पूर्णरूपमा क्षति पुर्याएको कार्यालयले जनाएको छ ।

हात्तीको आक्रमणबाट भएको पूर्ण क्षतिको विवरण आइसकेको छैन । हात्तीले घर भत्काउन लागेपछि बाहिर निस्किएर भाग्ने क्रममा उहाँलाई हात्तीले आक्रमण गरेको हो । रासस

Facebook Comments