Sun. May 5th, 2024

महान्यायाधिवक्ता अग्नि खरेलद्वारा राजिनामा, रमेश वडाल सोही पदमा नियुक्त

अग्नि खरेल

काठमाडौं, २०७७ चैत ६ गते शुक्रबार महान्यायाधिवक्ता अग्निप्रसाद खरेलले राजीनामा दिनुभएको छ । खरेलले आजैदेखि लागू हुनेगरि राजीनामा दिनुभएको हो । सरकारका मुख्य कानुनी सल्लाहकारका रुपमा रहनु भएका खरेल प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दाको बहसका क्रममा कमजोर देखिएपछि प्रधानमन्त्री केपी ओली उहाँसँग रुष्ट बन्नुभएको श्रोतले जनाएको छ ।

रमेश वडाल

‘प्रधानमन्त्री र मेरो सुमधुर सम्बन्ध छ, उहाँसँग छलफल गरेरै राजीनामा दिएको छु, महान्यायाधिवक्ता कार्यालयमा रहेर मैले राम्रै गरेजस्तो लाग्छ,’ उहाँको भनाई थियो। खरेलले आज प्रधानमन्त्रीलाई भेटेर राजीनामा दिएको बताउँदै आफू पदमा नियुक्त भएयताका सम्पूर्ण कामको फेहरिस्त प्रस्तुत गर्नुभएको थियो ।

यसैबीच  राष्ट्रपति विद्यादेवी भण्डारीले अग्नीप्रसाद खरेलले महान्याधिवक्ता पदबाट दिनुभएको राजीनामा स्वीकृत गर्नुका साथै अधिवक्ता रमेश वडाललाई महान्याधिवक्तामा नियुक्त गर्नु भएको छ । सो कुराको जानकारी राष्ट्रपति कार्यालयबाट जारी विज्ञप्तिमा उल्लेख गरिएको छ ।

Facebook Comments