Sun. May 19th, 2024

नेपाली कांग्रेसका नेता तथा नेवि संघका संस्थापक उपाध्यक्ष अशोक कोइरालाको निधन

विराटनगर, २०७७ चैत ५ गते बिहीबार

नेपाली कांग्रेस मोरङका पुराना नेता तथा पूर्व प्रधानमन्त्री शुशिल कोइरालाका भाइ अशोक कोइरालाको निधन भएको छ । निमोनियाबाट पीडित कोइरालाको उपचारका क्रममा विराटनगरको न्यूरो अस्पतालमा बुधबार राति निधन भएको हो ।

७७ वर्षीय कोइराला नेपाली कांग्रेस मोरङको १९ वर्ष सम्म सभापति हुँनुभएको थियो । उहाँ प्रजातन्त्र पुनःस्थापनापछि तत्कालीन विराटनगर नगरपालिकाका प्रथम मेयर पनि हुँनुहुन्छ । उहाँ राष्ट्रिय सभा सदस्य र संविधान सभा सदस्य पनि हुँनुभएको थियो । उहाँ हाल कांग्रेस महासमिति सदस्य हुँनुहुन्थ्यो ।

पूर्वप्रधानमन्त्री तथा नेपाली कांग्रेसका पूर्व सभापति स्व. सुशिल कोइरालाका सहोदर भाइ अशोक कोइराला नेपाल विद्यार्थी संघका संस्थापक सदस्यमध्येका एक हुँनुहुँन्थ्यो । दाजु शुसिल कोइराला पार्टीले दिएको जिम्मेवारी पुरा गर्न नेपालगञ्जलाई कार्यथलो बनाएर बसेपनि अशोक कोइराला भने मोरङ कांग्रेसको नेतृत्व गर्दै विभिन्न आन्दोलनहरुमा सक्रिय रहनु भयो । मिलनसार स्वभावका कोइराला शेरबहादुर देउवा नेपाल विद्यार्थी संघका अध्यक्ष हुँदा उहाँ उपाध्यक्ष हुँनुहुन्थ्यो । कांग्रेस नेता विश्वनाथ रिजालका अनुसार अशोक कोइराला नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल र सभापति देउवाका दौंतरी हुँनुहुँन्छ ।

कोइरालाको निधनमा विराटनगर महानगरपालिका वडा नं.८ मधुमारा यत्तिवेला शोकमा डुबेको छ । कुनै बेला नेपाली कांग्रेसको किल्ला मानिने मधुमारा अशोक कोइरालाको गृहथलो हो । कोइरालाका छिमेकीहरु उहाँलाई सरल र सहयोगी स्वभावका पाको नेता मान्छन् ।

कोइरालाका एक छोरा र एक छोरी हुुँनुहुन्छ । उहाँको आजै स्थानीय सिंघीया घाटमा अन्त्येष्टी गरिने बताईएको छ ।

Facebook Comments