Sun. May 19th, 2024

चीनद्वारा विश्व स्वास्थ्य संगठनसँग कोभिड-१९ भाइरसको मूहानबारेको अध्ययन शुरू

काठमाडौं, २०७७ चैत ४ गते बुधबार

चीनले विश्व स्वास्थ्य संगठनसँग मिलेर कोभिड-१९ भाइरसको मूहानबारेको अध्ययन शुरू गरेको छ । चीनले विश्व स्वास्थ्य संगठनसँग मिलेर कोभिड-१९ भाइरसको मूलबारे वैज्ञानिक अनुसन्धान कार्यसम्बन्धी सम्मेलनको आयोजना गरेको छ । यो सम्मेलनमा चीनका लागि युरोपियन राजदूत तथा कूटनीतिज्ञहरू सहभागी भएको चिनियाँ परराष्ट्र मन्त्रालयले जानकारी दिएको छ ।

पैचिङमा आयोजित सो अनुसन्धान कार्य टोलीका चिनियाँ निर्देशक ल्याङ वान न्यानले उक्त सम्मेलनमा चीन र विश्व स्वास्थ्य संगठनसँगको अनुसन्धान कार्यको पृष्ठभूमि, कामको प्रक्रिया, अध्ययनको परिणाम र अनुसन्धानबाट निकालेको सुझावबारे जानकारी दिनुभएको छ। उहाँका अनुसार, कोभिड-१९ भाइरस मध्यवर्ती पाहुनामार्फत् फैलिएको हुनसक्ने धेरै सम्भावना छ भने मानिसमार्फत् फैलिएको पनि हुनसक्ने तर प्रयोगशालामार्फत फैलिएको हुनसक्ने सम्भावना निकै कम छ।

यस बाहेक चीनको पहिलो मोबाइल खोप लगाउने गाडी आउने महिना पैचिङ शहर र हपै प्रान्त समेतका विभिन्न क्षेत्रमा प्रयोग गरिने भएको समाचार पनि उक्त सम्मेलनमा सार्वजनिक गरिएको छ।

Facebook Comments