Sat. May 18th, 2024

कोरोना विरुद्धको आस्ट्राजेनेका खोपको प्रयोगमा युरोपेली देशहरुको रोक

- खोप जारी राख्न डब्ल्यूएचओको आग्रह

काठमाडौं, २०७७ चैत ३ गते मंगलबार

कैयौं  युरोपेली देशहरूले अक्सफर्ड-आस्ट्राजेनेका खोप वितरणमा अस्थायी रोक लगाइरहेका बेला विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ)ले त्यसो गर्न आवश्यक नरहेको जनाएको छ। खोप र रगत जम्ने अवस्थाबीच कुनै सम्बन्ध रहेको प्रमाण नभएको उसको भनाइ छ। जर्मनी, फ्रान्स, इटली र स्पेनले उक्त खोपको प्रयोग रोक्न साना देशहरूले चालेका कदमलाई पछ्याएका छन्।

गरिएका दाबीबारे अनुसन्धान भइरहेका बेला ती देशहरूले भने सावधानीका उपायका रूपमा त्यसो गरिएको जनाएका छन्। डब्ल्यूएचओका खोप सुरक्षा विज्ञहरूले यसबारे आज मङ्गलवार छलफल गर्दैछन्। आजै युरोपेली औषधी निकाय (ईएमए)ले समेत बैठक गर्दैछ र उसले बिहीवार निष्कर्ष सार्वजनिक गर्दैछ। उसले खोपको प्रयोग जारी राख्नुपर्ने जनाएको छ। उक्त खोप लगाएपछि युरोपमा रगत जम्ने अवस्था विकास भएका कयौँ घटना देखा परेका थिए। विज्ञहरूका भनाइमा ती आम जनसङ्ख्यामा देखापर्ने रगत जम्ने घटनाभन्दा बढ्दा नभएको बताएका छन्। बिबिसी

Facebook Comments