Sat. May 18th, 2024

चीनको राजधानी पैचिंग लगायत कैयौं प्रान्तमा डरलाग्दो आँधी चल्यो (भिडियो सहित)

काठमाडौं, २०७७ चैत २ गते सोमबार

चीनको राजधानी पैचिंग लगायतका विभिन्न प्रान्तहरुमा सोमबार विहान डरलाग्दो बलौटे आँधी चलेको छ । पहेँलो बलौटो मिसिएको सो आँधीका कारण पैचिंग शहरको जनजीवन र यातायात व्यवस्थापन पनि केही समयको लागि अस्तव्यस्त भएको थियो । चीनको मौसम तथा जलवायु कार्यालयले सोमबार विहानै ठूलो आँधी चल्ने सम्भावना रहेकोले सचेत रहन आम नागरिकलाई सूचित गरेको थियो ।

सो कार्यालयका अनुसार स्थानीय समय अनुसार सोमबार विहान ८ वजेदेखि मंगलबारसम्म पहँलो बलौटो मिसिएको चिसो आँधी चीनको सिन चियांग, भित्री मंगोलिया, हैलुंगच्यांग, चिलिन, लाओनिंग, कान्सु, निन् स्या, शान्सी, सान्शी, हपै, पैचिंग र थियन चिनका केही भागमा  आउँने र आँधीको प्रभाव चर्को हुन सक्ने बताएको छ ।

साथै चीनको राष्ट्रिय मौसम विज्ञान केन्द्रले चीनको भित्रि मंगोलिया, शान्सी, सान्शी, हपै, पैचिंग र थियन चिनमा आँधीको चर्को प्रभाव पर्ने अनुमान गरेको छ ।

केन्द्रले जनतालाई भारी हावा र बालुवाको तूफान विरूद्ध सावधानी अपनाउन सल्लाह दिएको छ र ड्राइभरहरूलाई कम दृश्यताका लागि तयारी गर्न सुझाव दिएको छ।आँधीका कारण मंगोलियामा ६ जनाको मृत्यु भएको छ भने दर्जनौं घाईते भएका छन् । सिन्ह्वा

Facebook Comments