Sat. May 18th, 2024

चिनियाँ राष्ट्रिय जन काँग्रेसको निर्णयमाथि हस्तक्षेपको कडा निन्दा

काठमाडौं, २०७७ चैत २ गते सोमबार

चिनियाँ राज्य परिषद्अन्तर्गत हङकङ तथा मकाउ मामिला कार्यालयले आईतबार चीनको अन्तरिक मामिलामाथि हस्तक्षेप गतिविधिको कडा निन्दा गरेको छ। जी ७ समूहले चिनियाँ राष्ट्रिय जन काँग्रेसको हङकङ निर्वाचन व्यवस्थाको सुधारसम्बन्धी निर्णयमाथि झुटो निन्दा प्रकाशित गरेको थियो।

प्राप्त समाचार अनुसार, राष्ट्रिय जन काँग्रेसले हङकङ विशेष प्रशासन क्षेत्रको निर्वाचन व्यवस्थाबारे संशोधन तथा सुधार गरेको छ। यो सम्पूर्ण चीनको अन्तरिक मामिला हो। कुनै विदेशले त्यसमा झुटो निन्दा आवश्यक छैन। जी ७ समूहले उक्त निर्णयबारे प्रकाशित वक्तव्यले वास्तविकता बङ्ग्याउनुका साथै अव्यावहारिक टिप्पणी गरेको छ। यो अन्तर्राष्ट्रिय कानुन तथा सम्बन्धको आधारभूत नियमको उल्लंघन हो र चीनको अन्तरिक मामिलामाथि गम्भीर हस्तक्षेप पनि हो।

राष्ट्रिय जन काँग्रेसले हङकङ निर्वाचन व्यवस्थाको सुधार गर्ने निर्णय गर्ने लक्ष्य एक देश दुई व्यवस्थाको दृढताका लागि व्यवस्था आधारको तयार गर्नु हो। यो हङकङ देशबन्धुलगायत सबै चिनियाँ जनताको साझा इच्छा हो। यो हङकङको दीर्घकालीन स्थिरताको प्रत्याभूति गर्ने महत्वपूर्ण कदम पनि हो। सीआरआई

Facebook Comments