Tue. Jun 18th, 2024

नेकपा (एमाले) भोजपुर-काठमाडौं सम्पर्क मञ्चमा श्रीकृष्ण श्रेष्ठ

काठमाडौं, २०७७ चैत २ गते सोमबार

नेकपा (एमाले) भोजपुर-काठमाडौं सम्पर्क मञ्चको अध्यक्षमा श्रीकृष्ण श्रेष्ठ सर्वसम्मत चयन हुँनुभएको छ । शनिबार प्रज्ञा भवन, कमलादी, काठमाडौंमा सम्पन्न बृहत् भेलाले अध्यक्ष श्रेष्ठ, उपाध्यक्षमा कृष्ण गिरी, सचिवमा फुर्वा तेन्जिङ शेर्पा, सहसचिवमा ईश्वर आचार्य र कोषाध्यक्षमा ढोकल आलेलाई चयन गरेको छ ।

यसै गरी भेलाद्वारा तुलबहादुर राई, रेश्मा खत्री, जमुना राई, ऐश्वर्य श्रेष्ठ, देवकुमार राई, सुनिता घिमिरे, फुर्लाक्पा शेर्पा, अनन्त राई, इन्दिरा भट्टराई ओझा, पर्शुराम रोक्का, खगेन्द्र वि.क., महेन्द्र घिमिरे, नारायण कार्की, विक्रम राई, सञ्जीव राई, लाक्पा शेर्पा, ओमबहादुर श्रेष्ठ, फुर्तेञ्जी शेर्पा, गंगाबहादुर श्रेष्ठ, कमल प्रधान, दीपेन्द्र कार्की, गोविन्द राई, अशोक कार्की, सुमन राई, प्रिन्स अधिकारी, पेम्नुरी शेर्पा, सुरज राई, टेकबहादुर मगर, अनुजा श्रेष्ठ, रेश्मा पौडेल, रञ्जना शेर्पा, विजय राई, पर्वत शंकर, कविता राई, पेम्बा शेर्पा, आङकाजी शेर्पा र मनिकला राईलाई सदस्यमा चयन हुँनुभएको छ ।

नेकपा एमाले केन्द्रीय सदस्य तथा १ नं. प्रदेश कमिटीका अध्यक्ष देवराज घिमिरेले निर्वाचित पदाधिकारी तथा सदस्यलाई सपथ गराउँनु भएको थियो । सो अवसरमा सभालाई सम्बोधन गर्दै घिमिरेले पार्टीको नीति र सिद्धान्तलाई नमान्ने र पार्टीकै सरकारविरुद्ध लाग्नेहरू असली कम्युनिष्ट नहुँने बताउनुभयो ।

प्रदेश सम्पर्क संगठन कमिटी प्रदेश नं. १ का अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीका प्रमुख स्वकीय सचिव इन्द्र भण्डारीले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारले देशलाई समृद्धि बनाउने राष्ट्रिय अभियानको अगुवाई गरिरहँदा पार्टीभित्रकै नेताहरूको निदहराम भएको प्रस्ट पार्नुभयो । उहाँले मञ्चका नवनिर्वाचित कमिटीले संकटको समाना गर्नुपर्ने बताउनुभयो ।

केन्द्रीय कमिटी सदस्य तथा संघीय संसद्का मुख्य सचेतक विशाल भट्टराई, पूर्व संस्कृति तथा पर्यटनमन्त्री कृपासुर शेर्पा, सोलुखुम्बुका प्रदेश सांसद उत्तमकुमार बस्नेत, प्रदेश सम्पर्क संगठन कमिटी प्रदेश नं.१ का सचिव नन्दकुमार राई, प्रदेश सम्पर्क संगठन कमिटी प्रदेश नं. १ का कार्यालय सचिव खण्डमान राई, युवासंघका केन्द्रीय उपाध्यक्ष रोशन बस्नेत, भोजपुर जिल्ला कमिटी सदस्य लालबहादुर वि.क., प्रदेश सम्पर्क संगठन कमिटी सदस्य नगेन्द्र खनाल, शशीकला रोकाहा लगायतले नवनिर्वाचत पदाधिकारीहरुलाई बधाई तथा शुभकामना दिनुभएको थियो ।

प्रदेश सम्पर्क संगठन कमिटीका सदस्य पारुहाङ्ग राईको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन मञ्चका पूर्व अध्यक्ष तथा प्रदेश सम्पर्क संगठन कमिटीका सदस्य रेजिन श्रेष्ठले गर्नुभएको थियो । उहाँले सम्पन्न भेलाले प्रदेश सम्पर्क कमिटी सदस्यका लागि सुदीपबहादुर अधिकारीलाई मनोनित गर्न प्रस्ताव गरेको पनि जानकारी गराउँनुभयो ।

Facebook Comments