Fri. May 17th, 2024

ओलीको निर्णयलाई मान्यता नदिन भन्दै निर्वाचन आयाेगलाई खनाल-नेपाल समूहकाे पत्र

काठमाडौं, २०७७ चैत १ गते आईतबार

नेपाल कम्युनिस्ट पार्टी एमालेको खनाल-नेपाल समूह निर्वाचन आयोग पुगेको छ । प्रधानमन्त्री एवम् पार्टीका अध्यक्ष केपी शर्मा ओलीले शुक्रवार गरेका निर्णय कार्यान्वयन नगर्न माग गर्दै झलनाथ खनाल र माधवकुमार नेपाल समूह निर्वाचन आयोगमा पुगेको हो ।

विधि, पद्धति र अभ्यास विपरीत गरिएका निर्णय पार्टी विधान अनुकूल नठहरिने खनाल-नेपाल समूहले आयोगमा बुझाएको पत्रमा उल्लेख छ । एमालेका अध्यक्ष ओलीले आफ्नो समूहको केन्द्रीय कमिटी बैठकमार्फत खनाल-नेपाल समूहका नेताहरूलाई जिम्मेवारीबाट हटाउनुभएको थियो ।

‘वैधानिक व्यवस्था र सर्वाेच्च अदालतको फैसला एवम् त्यस आयोगको सूचना विपरीत गरिने कुनै पनि नेकपा (एमाले) को वैधानिक व्यवस्था, सङ्गठनातमक प्रणाली र एकतामाथि आघात पुर्याउने र अवैधानिक ठहर्छ । हामी निवेदकसमेत पार्टीका नेताहरु हाम्रो पार्टीलाई विधिसम्मत किसिमले सञ्चालन गर्दै एकताबद्ध र एकीकृत बनाइ राख्न दुढ सङ्कल्पित भएकाले उपर्युक्त वैधानिक व्यवस्था विपरीतको निर्णय लिइ आयोगमा विवरण सच्याउन माग भइ आएमा त्यस्तो अनधिकृत निर्णयलाई त्यस आयोगबाट वैधानिकता नदिन अनुरोध गरेका छौँ’, विज्ञप्तिमा भनिएको छ । उज्यालो अनलाईन

Facebook Comments