Fri. Apr 19th, 2024

उषा र जून

- कवि भवानी न्यौपाने "भावना"

दाङ, २०७७ फागुन २९ गते शनिबार

-कवि भवानी न्यौपाने भावना

तिमी त जून हौ सधैँ उदाउँछौ भुलाउँछौ
बसेर आत्ममा सधैंँ कताकता डुलाउँछौ
म पुग्छु टाकुरातिरै हिमाल हेर्न खातिर
रमाउँदै प्रफुल्ल छौ म देख्छु दिव्य सुन्दर।।

नमेटिने रहेछ यो प्रगाढ प्रेमको घडा
झुलेर काव्य फाटमा सुवर्ण रङ्गका गरा
जहाँ तिमी उदाउँछौ त्यहीँ छ रम्य कन्दरा
चियाउँदै रमाउँदै म हुन्छु साथमा खडा।।

पवित्र छाल नादमा खुलेछ जिन्दगी पथ
र भेटियौँ उषासँगै मनै भयो सुशीतल
गरेर अर्चना त्यहीँ मिले उनै महेश्वर
चिसो वतासमा भुलेँ थियो मिठो सुधाजल।।

छन्द- पञ्चचामर ।

Facebook Comments