Sun. May 5th, 2024

चिनियाँ जनराजनैतिक परामर्श दात्री सम्मेलनको वार्षिक वैठक सम्पन्न

काठमाडौं, २०७७ फागुन २७ गते बिहीबार

चिनियाँ जनराजनैतिक परामर्श दात्री सम्मेलनको  वार्षिक वैठक सम्पन्न भएको छ । चीनको सर्वोच्च राजनैतिक सल्लाहकार संस्था चिनियाँ जनराजनैतिक परामर्श दात्री सम्मेलनको वार्षिक वैठक दश तारिख बुधबार सम्पन्न भएको हो । चीनका राष्ट्राध्यक्ष सि चिन फिंग लगायतका नेताहले सो समापन समारोहमा सहभागिता जनाउनु भएको थियो ।

 चिनियाँ जनराजनैतिक परामर्श दात्री सम्मेलनको उद्घाटन मार्च ५ तारिख भएको थियो । चीनका विभिन्न पार्टीहरु, विभिन्न जातीहरु र विभिन्न क्षेत्रका झण्डै दुई हजार एक सय जनाले सो वैठकमा सहभागि भएका थिए ।

वैठक अवधिमा सहभागीहरुले चिनियाँ जनराजनैतिक परामर्श दात्री सम्मेलनको कार्यहरुको रिपोर्ट र प्रस्ताव तथा ति प्रस्तावहरुमाथि गम्भिर छलफल गरेका थिए । साथै सहभागीहरुले चिनियाँ राष्ट्रिय जनकांग्रेसको वार्षिक वैठकमा सहभागिता जनाउनुका साथै १४ औं पञ्चवर्षिय योजना तथा २०३५को दीर्घकालिन उद्देश्यमाथि सुझाव तथा छलफल गरेका थिए । साथै सहभागी प्रतिनिधीहरुले चिनियाँ  राष्ट्रिय जनकांग्रेसद्वारा हङकङ विशेष प्रशासनिक क्षेत्रको निर्वाचन प्रणालीलाई पूर्ण र व्यवस्थित बनाउने निर्णयलाई पनि समर्थन गरेका थिए । सीआरआई

Facebook Comments