Mon. Dec 23rd, 2024

नेकपा एकीकरणले मान्यता पाएन, सर्वोच्चले ब्यूँतायो एमाले र माओवादी केन्द्र

काठमाडौं, २०७७ फागुन २३ गते आईतबार

 सर्वोच्च अदालतले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को विवाद सम्बन्धमा आज गरेको फैसलाबाट तत्कालीन नेपाल कम्युनिष्ट पार्टी (एकीकृत माक्सवादी लेनिनबादी) र नेपाल कम्युनिष्ट पार्टी(माओवादी केन्द्र) को साविकै पार्टीमा कायम गरेको छ । सर्वोच्च अदालतले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को विवादमा ऋषिराम कट्टेल अध्यक्ष रहेको नेकपाको मागको पक्षमा गरेको फैसलामा दुबै पार्टी साविककै अवस्थामा कायम रहने र दुबै दल एकीकरण गर्ने भएमा राजनीतिक दल सम्बन्धी ऐन नियम विपरित नहुने गरी निर्णय गरी निर्वाचन आयोगमा उपस्थित हुन आदेश गरेको छ ।

सर्वोच्च अदालतले नेपाल कम्युनिस्ट पार्टी (नेकपा) विवादमा ऋषि कट्टेललाई मान्यता दिएसँगै नेपाल कम्युनिस्ट पार्टी (एमाले) र नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) कायम रहने भएका छन् । सर्वोच्च अदालतले पूर्ववत पार्टी कायम रहने गरी कट्टेलको पार्टीलाई मन्यता दिएपछि पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपालले माओवादी केन्द्र र केपी ओलीले नेकपा एमाले पाउने भएका हुन् ।

‘निर्वाचन आयोगमा यी दुवै निर्णय बदर भए पश्चात साविक निर्वाचन आयोगमा राजनीतिक दलका रुपमा दर्ता रहेका नेपाल कम्युनिस्ट पार्टी (एकीकृत माक्र्सवादी लेनिनवादी) र नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) अलग अलग राजनीतिक दलका रुपमा साविककै अवस्थामा कायम रहने हुँदा, अब यी दुई राजनीतिक दलले एकीकरण गर्ने भएमा राजनीतिक दल सम्बन्धी ऐन तथा नियम विपरित नहुने गरी निर्णय गरी अविलम्ब निर्वाचन आयोगमा उपस्गिथत हुन जानकारी दिई शिघ्र कानुन बमोजिम आवश्यक निर्णय गर्नु गराउनू भनी विपक्षीमध्येका निर्वाचन आयोगका नाममा परमादेश समेत जारी गरिदिएको छ,’ सर्वोच्चको फैसलामा भनिएको छ । गोरखापत्र

Facebook Comments