Sat. Sep 21st, 2024

सर्वोच्चद्वारा ऋषिराम कट्टेल अध्यक्ष रहेको नेकपाकाे पक्षमा फैसला (पूर्णपाठ सहित)

काठमाडौं, २०७७ फागुन २३ गते आईतबार

सर्वोच्च अदालतले नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को विवादमा ऋषिराम कट्टेल अध्यक्ष रहेको नेकपाको मागको पक्षमा फैसला गरेको छ । न्यायाधीशहरू बमकुमार श्रेष्ठ र कुमार रेग्मीको इजलासले निवेदकको माग अनुसार नाम कायम गर्न निर्वाचन आयोगलाई आदेश भएको छ । तत्कालीन नेकपा एमाले र नेकपा माओवादी एकीकरण भएपछि निर्वाचन आयोगले एकीकृत पर्टीलाइ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का रूपमा दर्ता गरेकाेमा साे खारेज गर्न रिटमा माग गरिएकाे थियाे । न्यायाधीशहरू बमकुमार श्रेष्ठ र कुमार रेग्मीको इजलासमा यही फागुन १३ गते विहिबार निर्णय सुनाउने मिति तय गरेपनि पूर्वप्रधानन्यायाधीश सुरेन्द्रप्रसाद सिंहको निधनमा शोक विदा परेकाले आइतबार उक्त विवादको निर्णय सुनाएको हो ।

नेपाल कम्युनिस्ट पाटी (नेकपा)ले आफ्नो पार्टीसँग नाम जुधाएको विवादमा नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष ऋषिराम कट्टेलले दायर गर्नुभएको रिट निवेदन दिनुभएको थियो । अध्यक्ष कट्टेलले निर्वाचन आयोगमा २०६९ मा नेकपाका नाममा आफूले दल दर्ता गरेको तर तत्कालीन एमाले र माओवादीबीच २०७५ साल जेठ ३ गते एकता भएर नेपाल कम्युनिस्ट पार्टी (नेकपा)कै नाममा निर्वाचन आयोगमा दल दर्ता भएको विरुद्ध रिट निवेदन दायर गर्नुभएको थियो ।

अध्यक्ष कट्टेलले निर्वाचन आयोगमा त्यसविरुद्ध उजुरी दिए पनि केपी शर्मा ओली र पुष्पकमल दाहाल अध्यक्ष रहेको नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को पक्षमा निर्णय गरेको थियो । उक्त निर्णयविरुद्ध अध्यक्ष कट्टेलले २०७५ साल मङ्सिर २१ गते सर्वोच्च अदालतमा रिट दायर गर्नुभएको थियो । गोरखापत्र

 

Facebook Comments