Sat. May 4th, 2024

सभामुखविरुद्ध महाभियोग प्रस्ताव दर्ता गर्ने केपी ओली समूहको तयारी

काठमाडौं, २०७७ फागुन २३ गते आईतबार

संसदीय दल, स्थायी कमिटी, केन्द्रीय कमिटी र सचिवालयमा अल्पमतमा पर्नुभएका प्रधानमन्त्री केपी शर्मा ओलीले सभामुख अग्नी सापकोटामाथि महाअभियोग लगाउने तयारी गर्नुभएको छ ।

आफू सबैतिरबाट घेराबन्दीमा परेपछि ओलीले संसदलाई बन्धक बनाउन सभामुखमाथि महाभियोग लगाउने तयारी गर्नुभएको हो। सभामुखमाथि महाभियोग प्रस्ताव दर्ता गर्न २५ प्रतिशत संसद सदस्य आवश्यक पर्छ ।

श्रोतका अनुसार प्रधानमन्त्री ओलीले सभामुखविरुद्ध महाभियोग प्रस्ताव दर्ता गरी एक दुई दिनभित्रै अधिवेशन अन्त्यको तयारीसमेत गर्नुभएको छ । सभामुखविरुद्ध महाभियोग प्रस्ताव दर्ता भएपनि सभामुख निलम्बन हुने व्यवस्था संविधानमा छैन ।

सभामुखविरुद्ध महाभियोग प्रस्ताव दर्ता गरेपनि पास हुन दुई तिहाई बहुमत आवश्यक पर्छ । उहाँ आफू अनुकुल सभामुख नभएपछि यस्तो अभियानमा लाग्नु भएको हो । ओली सभामुखले संसदमा सरकारले पठाएको विधेयक पेश नगरेको भन्दै असन्तुष्ट हुनुहुन्छ ।

प्रधानमन्त्री ओलीले एमसीसीलगायतका विधेयक सभामुखले रोकेको भन्दै असन्तुष्टि व्यक्त गर्दै आउँनु भएको छ । किनकी ओली समूह संसदमा पनि अल्पमतमा छ । ओलीलाई यसमा तत्काल अरु कुनै दलले साथ दिने अवस्था छैन ।

त्यसैले उहाँ आफ्नो पद केही समय भएपनि लम्ब्याउने रणनीतिमा हुनहुन्छ । यसैबीच प्रधानमन्त्री ओलीविरुद्ध पनि आजै अविश्वास प्रस्ताव दर्ताको तयारी छ । नेकपाको प्रचण्ड–नेपाल समूह पनि यसकाबारेमा अन्य दलसँग छलफल गरिरहेको छ । त्यस्तै कांग्रेसका कतिपय सांसदले कांग्रेसले नै प्रधानमन्त्रीविरुद्ध अविश्वास प्रस्ताव दर्ता गर्न नेतृत्वलाई आग्रह गर्दै आएका छन् । नेपाल समाज अनलाईनबाट

Facebook Comments