Sat. Sep 21st, 2024

नेकपा संसदीय दलको बैठक सम्पन्न, ११५ सांसदको उपस्थिति

काठमाडौं, २०७७ फागुन २२ गते शनिबार

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को संसदीय दलको बैठक सकिएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको बैठकमा प्रतिनिधिसभाका ९१ र राष्ट्रिय सभाका २४ गरी ११५ सांसदको उपस्थिति रहेको सो दलले जनाएको छ ।

नेकपाका सांसद खिमलाल भट्टराईकाअनुसार आजको बैठकमा ११५ जना सांसदको सहभागीता रहेपनि केही सांसद काम विशेषले सहभागी हुन नसक्नु भएको र भोलीसम्म १३० सम्म संख्या पुग्ने आशा गरिएको जानकारी दिनुभयो ।

संसदीय दलका नेता तथा प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा बसेको बैठकमा प्रधानमन्त्री ओलीले उत्साहकासाथ अघि बढ्न सांसदहरुलाई आग्रह गर्नुभयो । आफूहरु देश र जनताको पक्षमा रहेकाले चिन्ता लिनुपर्ने कुनै कारण नभएको भन्नुहुँदै प्रधानमन्त्री ओलीले सरकार र पार्टीको पक्षमा एकतावद्ध र सक्रिय भूमिका निर्वाह गर्न सांसदहरुलाई निर्देश गर्नुभएको सांसद भट्टराईले बताउनुभयो ।

दिउँसो ३ बजेबाट शुरुभएको नेकपा संसदीय दलको बैठक डेढ घण्टा बसी साढे ४ बजे सम्पन्न भएको थियो । भोली आइतबार बस्ने संसद बैठकमा दलको तर्फबाट गरिएको छलफल र निर्देशनका आधारमा सांसदहरुले आफ्नो भूमिका निर्वाह गर्ने सांसद भट्टराईले जानकारी दिनुभयो । गोरखापत्र

Facebook Comments