Sat. Sep 21st, 2024

चिनियाँ जनराजनैतिक परामर्शदात्री सम्मेलनको राष्ट्रिय समिति वार्षिक बैठकको उद्घाटन (भिडियो सहित)

काठमाडौं, २०७७ फागुन २० गते बिहीबार 

चिनियाँ जनराजनैतिक परामर्शदात्री सम्मेलनको राष्ट्रिय समितिको वार्षिक बैठक बिहीबार पैचिङमा शुरु भएको छ । सो बैठकमा राष्ट्राध्यक्ष सी चिन फिङ लगायत चिनियाँ कम्युनिष्ट पार्टी र देशका नेताहरू सहभागी हुँनुभएको छ।

चिनियाँ जनराजनैतिक परामर्शदात्री सम्मेलनको राष्ट्रिय समितिका अध्यक्ष वाङ याङले प्रतिवेदन प्रस्तुत गर्दै सन् २०२०मा जनराजनैतिक परामर्शदात्री सम्मेलनको राष्ट्रिय समितिको कामको समीक्षा गर्नुभयो र सन् २०२१को कार्य प्रस्ताव राख्नुभयो। उहाँले जनराजनैतिक परामर्शदात्री सम्मेलनको राष्ट्रिय समिति विकासको नयाँ चरणमा आधारित हुनेछ भन्दै “बुद्धि र शक्ति भेला गर्न”१४औं पंचवर्षीय योजनाू को शुरुआतको रूपमा चिनियाँ कम्युनिष्ट पार्टीको केन्द्रीय समितिका प्रमुख नीतिहरू र निर्णयकर्ताहरूको ध्यान केन्द्रित गर्ने बताउनुभयो।

सीआरआईका अनुसार यो बैठक ७ दिनसम्म चल्नेछ। चिनियाँ विभिन्न पार्टीहरु र संगठनहरु, सबै जातीय समूहहरु र सबै क्षेत्रका २ हजार २सय भन्दा बढी चिनियाँ जनराजनैतिक परामर्शदात्री सम्मेलनको राष्ट्रिय समितिका सदस्यहरु यो बैठकमा सहभागी भएका छन्।

Facebook Comments