Sat. Sep 21st, 2024

मुख्यमन्त्री राई ताप्लेजुङ्गको आगलागी पीडित बस्तीमा, राहत सामग्री वितरणसँगै थप राहत प्याकेजको घोषणा

- घाइतेलाई थप उपचारकोे लागि काठमाडौं पठाइयो

काठमाडौं, २०७७ फागुन २० गते बिहीबार 

ताप्लेजुङ्गको मेरिङदेन-३ दोभानका आगलागी पीडितलाई प्रदेश सरकारले राहत सामाग्री उपलब्ध गराएको छ । आगलागी भएकै बस्तीमा पुगेर प्रदेश नं १ सरकारका मुख्यमन्त्री शेरधन राईले राहत सामाग्री उपलब्ध गराउँनु भएको हो । साथै, मुख्यमन्त्री राईले पीडितहरुलाई थप राहत प्याकेजको समेत घोषणा गर्नुभयो । आगलागी पीडित परिवारलाई प्रदेश सरकारले प्रतिपरिवार ५० हजार नगद उपलब्ध गराउने मुख्यमन्त्री राईले बताउँनु भयो । राईले डेरा भाडामा बस्दै आएका परिवारलाई प्रतिपरिवार ३० हजार नगद उपलब्ध गराउने पनि जानकारी दिनुभयो ।

आगलागी पीडितहरुको अवस्था बुझ्न घटनास्थल पुग्नु भएका मुख्यमन्त्री राईले पीडितहरुको माग अनुसार ग्यास सिलिन्डर, चुलो र प्रेसर कुकर समेत उपलब्ध गराउने जानकारी दिनुभयो । उहाँले संघीय सरकारसँग समन्वय गरेर पीडित परिवारलाई थप सहयोग गर्न प्रदेश सरकार लागि परेको बताउनु भयो । प्रदेश सरकारका तर्फबाट पीडित परिवारलाई तत्कालका लागि १८ सय केजी चामल, २५० केजी दाल, नुन, तेल लगायतका खाद्यान्न र म्याट्रेस लगायतका सामाग्री मुख्यमन्त्री राईले पीडित परिवारलाई हस्तान्तरण गर्नुभयो ।

आगलागीमा परी घाइते हुँनुभएका मेरिङदेन-३ दोभानका भोला पौडेललाई मुख्यमन्त्री राईको टोलीले थप उपचारका लागि काठमाडौं पठाएको छ ।मुख्यमन्त्री राईका साथमा आन्तरिक मामिला तथा कानून मन्त्री हिक्मत कुमार कार्की, प्रदेश सभा सभा सदस्य टंक आङबुहाङ, प्रताप प्रकाश हाङगाम लगायत आगलागी बस्ती पुग्नु भएको थियो। मंगलबार भएको आगलागीबाट दोभान बजारका ४९ घर जलेका छन् भने ५५ परिवार विस्थापित भएका छन् । क्लिक धरान

Facebook Comments