Thu. May 2nd, 2024

जसपालाई सरकार गठनमा सहभागी हुन प्रचण्ड-नेपाल समुहको आग्रह

काठमाडौं, २०७७ फागुन १३ गते बिहीबार

नेकपा प्रचण्ड-माधव समूहले बिहीबार बिहान जनता समाजवादी पार्टी जसपाका नेताहरुसँग भेट गरेको छ ।

पार्टी कार्यालय कोटेश्वर पेरिसडाँडामा अध्यक्षद्वय पुष्पकमल दाहाल र माधवकुमार नेपालले जसपाका नेताहरुसँग छलफल गर्नुभएको हो । छलफलमा जसपा नेपालका अध्यक्ष महन्थ ठाकुर, वरिष्ठ नेता राजेन्द्र महतो र कार्यकारिणी समिति सदस्य राजेन्द्र श्रेष्ठ सहभागी हुनुहुन्थ्यो।

छलफलमा सहभागी नेता महतोका अनुसार दाहाल-नेपालले सरकार गठनमा सहकार्यको प्रस्ताव गर्नुभएको थियो । महतोका अनुसार जसपाका नेताहरुले दाहाल-नेपाल पक्षको पार्टी कुन हो स्पष्ट पार्नका लागि आग्रह गरेको र उहाँहरुको प्रस्ताव पार्टीको बैठकमा छलफल गर्ने बताउनुभएको छ ।

सर्वोच्च अदालतले प्रतिनिधिसभाको पुनस्स्थापनाको फैसला सुनाएसँगै प्रचण्ड-माधव समूहले बुधबार नै कांग्रेस सभापति शेरबहादुर देउवासँग छलफल गर्नुभएको थियो ।

Facebook Comments