Fri. May 17th, 2024

दुई लाख रुपैयाँ घुससहित औषधी व्यवस्था विभाग विराटनगरका फामेर्सी अधिकृत पक्राउ

काठमाडौं, २०७७ फागुन १३ गते बिहीबार

विराटनगरमा एक सरकारी अधिकृत घुससहित पक्राउ परेका छन् । औषधी व्यवस्था विभाग विराटनगरका फामेर्सी अधिकृत सरोज सुवेदीलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले दुई लाख रुपैयाँ घुससहित पक्राउ गरेको हो ।

हाम्रो विराटनगर अनलाईनका अनुसार बिहीबार अपरान्ह विराटनगर-३ स्थित भट्टराई होटल अडाडीबाट अधिकृत सुवेदीलाई सेवाग्राहीबाट घुस रकम लिएलगत्तै अख्तियारको इटहरीस्थित कार्यालयबाट खटिएको टोलीले पक्राउ गरेको हो । बन्द भएको फार्मेसी सञ्चालनको अनुमति दिने नाममा सुवेदीले दुई लाख रुपैयाँ घुस लिएको अख्तियारको टोलीले जनाएको छ ।

Facebook Comments